धर्मेन्द्र बास्तोला भन्छन्- अब भारतसँगको खुला सीमाना हटाउनुपर्छ
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं अन्तर्राष्ट्रिय विभाग इञ्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नेपाल–भारतको बिचको सीमाना खुला राख्न नहुने बताएका छन् । दुई देशबीचको निर्वाध रुपमा आउनेजाने खुला सिमाना कायम राखेकै कारण नेपालमाथि अनेकौं समस्या आइलागेको ईन्चार्ज वास्तोलाको धारणा छ ।
सार्वभौम राष्ट्रबीचको सीमाना खुला राख्नु व्यवहारिक हुन नसक्ने बताए । नेता वास्तोलाले कार्यक्रममा सीमा समस्या र यसको वैज्ञानिक समाधानबारे कार्यपत्र प्रस्तुत गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय ब्यूरोद्वारा राजधानीमा बुधबार आयोजित ‘नेपाल–भारत सीमा समस्या र डुबान’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता वास्तोलाले खुला सीमानाले भारतलाई भन्दा नेपाली बढी बेफाइदा पुगेको उनको भनाई छ । खुला सीमानाकै कारण नेपालको तराई सीमाना सयौं बिगाह जमिन भारतमा गाभिएको र त्यो क्रम निरन्तर चल्ने खतरा रहेको प्रस्ट पारे ।
देशलाई नवऔपनिवेशिक बनाउनुमा खुला सीमानामा ठूलो भूमिका खेलेको बताउँदै दुवै देशका नागरिकहरुका लागि आवतजावत गर्न अनिवार्य रुपमा कागजपत्रको व्यवस्था गर्नुपर्ने बताए । त्यसपछि राहदानीको व्यवस्था गर्नुको विकल्प नरहेको उनको तर्क छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद ‘असारे काका’, स्थायी समिति सदस्य सन्तोस बुढामगरले भारतसँगको खुला सीमाना बन्द नगरेसम्म सीमा अतिक्रमण नरोकिने बताए ।
अन्तरक्रियामा भाग लिँदै सीमाविद्हरुले नेपाल र भारतबीचको सीमा क्षेत्रलाई खुला छाड्दासम्म नेपालका कुनैपनि सरकार आफ्नो कार्यकाललाई सफलतामा पुर्याउन नसक्ने ठोकुवा गरे ।