जब रेखाले छविलाई ‘अल द वेस्ट’भनिन् …..
धेरैलाई लाग्छ छवि ओझा र रेखा थापाको सम्बन्ध सुमधुर छैन् । तर बेलाबेलामा यी दुईले एकअर्कालाई ‘कम्प्लिमेनट’ दिने प्रवृतिले दुबै अलग भए पनि परेको खण्डमा एकअर्काको साथमा उभिने देखाएको छ । अलग भए पनि छबि र रेखाको सम्बन्ध पानी बाराबार छैन् । दुबैले व्यबसायिकरूपमा एकअर्कालाई बेला बेलामा सहयोग गर्ने गरेका छन् ।
फिल्म उद्योगमा आजसम्म कुनै नायिकाले नपाएको उचाइ दिलाउन छविको योगदान रेखाले भूलेकी छैनन् । छवि निर्मित ‘मंगलम’ असोज ११ मा रिलिज हुँदैछ । ढिला गरी रिलिज घोषणा गरिएको फिल्मको एक गीत सार्वजनिक भइसकेको छ । आफ्ना गडफादर छविको उक्त फिल्मको गीतलाई रेखाले आफ्नो फेसबुक वालमा सेयर गर्दै सफलताको शुभकामना दिएकी छन् ।
रेखाको यो कदमलाई केहिले उनको व्यवसायिक धर्म भनेका छन् भने कतिले परेको समयमा छवि र रेखा एकै ठाउँ उभिन्छन् भन्ने सन्देश दिएको बताएका छन् । आफ्नो वालमा गीत सेयर गरेकी रेखाले पोस्टमा छविका कान्छा छोरा साकार ओझालाई समेत ट्याग गरेकी छन् । निर्माता ओझाले पनि उनको स्टाटसमा रेखालाई ‘धेरै-धेरै धन्यवाद नानु’ भनेका छन्।