वैचारिक मतभेदलाइ लिएर भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

पत्रकार हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

भारतको कर्नाटक बेंगलुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । समाचार एजेंसी एएनआईको हवाला दिदै भारतीय अनलाइन अमर उजालाले बदमाशहरुले मंगलवार बेंगलुरुको राजाराजेश्वरी नगर स्थित उनको घर भित्र पसेर अपराधलाई अंजाम दिएको बताएको छ ।

मीडिया रिपोर्टको अनुसार बेलुकी करीब साढ़े आठ बजे तीन अज्ञात हमलाकारीले गोली हानेर उनको हत्या गरेको हो । रिपोर्ट अनुसार हमलाकारीले उनके घरको ढोका ढक्ढकाए र जब उनले ढोका खोलिन् अपराधिहरुले उनको गोली हानी मारे । बेंगलुरु वेस्ट का डीसीपी एम. एन. अनुचेथले आज बेलुकी गौरी लंकेशको घरमा भएको गोलीबारीमा उनको मृत्यु भएको र शव भेटिएको भनेका छन् ।

पुलिसले हमलाकारीले गौरी लंकेशमाथि अन्धाधुन्ध गोलि हानी घटना स्थलमै हत्या गरिएको भनेको छ । प्रहरीले घटनाको पुष्टी गरेको छ । गौरी लंकेश वरिष्ठ पत्रकार, लेखक तथा अनुवादक पी लंकेशको छोरी हुन् । गौरी लंकेशले धेरै समाचार पत्र-पत्रिकामा स्तम्भ लेखक थिइन् ।

गौरी लंकेश राइट विंगको आलोचक मानिन्थिन । वैचारिक मतभेदलाइ लिएर गौरी लंकेश केहि मानिसहरुको निसानामा थिइन् । वैचारिक मतभेदलाइ नै लिएर उनको हत्या भएको हुनसक्ने बताइएको छ ।

पत्रकार हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन 

भारतीय वरिष्ठ पत्रकार तथा सम्पादक गौरी लंकेशलाइ गोली हानी हत्या गरेको विरोधमा नेपालका पत्रकार तथा लेखकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन । मंगलबार साँझ लंकेशलाई बैंगलोरस्थित उनकै निवास भित्र गोली हानी विभत्स हत्या गरेको विरोधमा नेपालका पत्रकार तथा लेखकहरु सडकमा ओर्लिन लागेका हुन् ।  समाजको स्वतन्त्रता, मानवतालाई हिन्दु अतिवादी फासिस्टहरुले ग्याँस च्याम्बरमा कैद गर्न न्वारनदेखि बल लगाइरहँदा हामी मानवतावादीहरु त्यसको विपक्षमा उभिनुपरेको भन्दै नेपालका बाम पत्रकारहरूले प्रदशन गरेका हुन ।

यसअघि, भारतमा कट्टर हिन्दुवादी संगठन आरएसएसको माउपार्टी बिजेपीबाट नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि लेखेकै आधारमा नरेन्द्र दाभोलकर, डा. गोविन्द पानसरे र डा. एम.एम. कलबुर्गीको हत्या भइसकेको छ । जसको विरोधमा भारतका वैज्ञानिक, पत्रकार, लेखक, साहित्यकारहरुले राज्यद्धारा दिइएका सम्मान तथा पदवि फिर्ता समेत गरेका थिए । भारतमा गौरी लंकेशको मंगलबार साँझ भएको हत्यालाई यसै सन्दर्भमा गरिएको अर्काे हत्याको रुपमा हेरिएको छ ।