दशैको मुखमा आएर जब गायक बिष्णु खत्रीले यसरी जहाजको टिकट काटे……

भटभटेमा आउँछु सानु,
एक दिन आकाशबाट नपरोस है
जान कोहिलाई बाकसबाट ..

पर्वत । नेपाली गित संगितको क्षेत्रमा आफुलाई सदबहार बाध जस्तै अजग रुपमा खडा गर्न सफल भएका चर्चित गायक बिष्णु खत्रीको नयाँ दशै गितले लाखौं नेपालीलाई फेरी एकपटक पिडादायी अबस्थामा पुर्याउने भएको छ । गितमा समाबेश भएका शब्द तथा मर्मस्पर्सी लयको कारण गितले आम नेपाली दाजुभाई दिदि बैनीहरुको पिडालाई समेटेको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्तीको रुपमा परिचित छन । वि.सं २०५७ सालमा गीत संगीतको यात्रा प्रारम्भ गरेका खत्रीले एक दशक भन्दा लामो सांगितिक यात्रा तय गरिसकेका छन । खत्रीले उक्त नयॉ गीत आफनै युट्युव च्यानल विष्णु खत्री मार्फत बजारमा ल्याएका हुन ।

गितलाई आम दर्शक श्रोताको मनसम्म लैजान सक्ने क्षेमताको कारण सबैका प्रिय गायक बनेका खत्रीले यसपाली पनि त्यो कुरालाई निकै मर्मका साथ समाबे गरेका छन् । आफुलाई लोक दोहोरी क्षेत्रमा निकै फरक शैलीको कारण चर्चामा ल्याउन सफल गायक खत्री पञ्चेबाजा र दशै गितको लागि लाखौं दर्शक श्रोतालाई पर्खाउन सफल पनि मानिन्छन् । विष्णु खत्रीको आफ्नै उत्कृष्ट लय, शब्द अनि विष्णु खत्री र अनुपा थापाको सुमधुर स्वरमा सजिएको गीती एल्वम जहाजको टिकट सुमधुर क्रियसन मार्फत बजारमा आएको छ ।

दशैमा पाईएन बिदा नभने है बस्यो कि ढाटेर ।। जस्ता बिष्णु खत्रीका शब्दमा कुनै कमेण्ठ गर्ने स्थान नै छैन । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यस गीतको भिडियो गायक खत्री र चर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको छ ।

भिडियाे हेर्नुस