दशैं आनन्दसँग मनाउने देउवाको यस्तो योजना

प्रधानमन्त्री अस्वस्थ ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवार तय गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गर्ने तयारी गरेका छन् ।

कञ्चनपुरबाट फर्किएलगत्तै अस्वस्थ भएका प्रधानमन्त्री देउवा घरमै आराम गरी बसेकाले प्रदेश नम्बर दुईको उम्मेदवार तय गर्न महामन्त्री डाक्टर शशांक कोइराला, नेता विमलेन्द्र निधिलगायतका नेताहरु शुक्रबार दिनभर छलफलमा व्यस्त भए ।

प्रधानमन्त्रीको अवस्थाबारे निजी सचिव भानु देउवाले भने,

-प्रधानमन्त्रीलाई समान्य रुघा खोकी लागको हो ।
-उहाँ आराम गरेर बस्नुभएको छ ।

उम्मेदवार चयन गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गरी दशैं आनन्दसँग मनाउने योजनामा प्रधानमन्त्री रहेका देउवा निकट स्रोतले जानकारी दिएको छ ।