अनावरण भएको १ वर्षमै शालीक खुइलियो

पाँचथर,राप्रपाका संस्थापक नेता पद्मसुन्दर लावतीको सालिक अनावरण भएको एक वर्षमै खुइलिन थालेको छ । छ दशकसम्म निरन्तर राष्ट्रको नेतृत्व तहमा बसेर सेवा गर्नुभएका स्व. लावतीको सालिक निर्माणमा ठूलो भ्रष्टाचार भएका कारण कमसल भएको बताइएको छ ।
पापोहाङ लाओती सयङको अगुवाइमा यासोक बजारमा स्थापित ६ फिट उचाइको पूर्ण कदको सालिक लावतीकै कान्छा छोरा सगुन लावतीले कसैसँग सल्लाह नगरि भारतको सिलिगुडीमा बनाउन लगाएका थिए । २०७३ जेठ २७ गते अनावरण गरिएको सालिक निर्माणको लागि भन्दै सगुन लावतीले पापोहाङ लाओती सयङलाई अगाडि देखाउँदै देशभित्र र बाहिरका लावती दाजुभाईहरुबाट र देशभरीका पार्टी नेता तथा कार्यकर्ताहरुबाट ठुलो रकम उठाएका थिए । हङकङ, वेलायत, काठमाडौं, झापा, पाँचथरलगायत विभिन्न ठाउँबाट करिब २७ लाख उठाएको भएपनि पाँच, छ लाख मात्र खर्च गरि बाँकी रकम भ्रष्टाचार गरेको आरोप लावतीकै सहयोगीहरुले लगाएका छन् ।

सालिक निर्माणको लागि भनेर उठाइएको रकमको सही सदुपयोग भएको भए सयौं वर्ष टिक्ने सालिक बन्न सक्ने अवस्था हुँदाहुँदै सगुन लावतीले सालिक निर्माणलाई पैसा कमाउने धन्दाका रुपमा प्रयोग गरेकै कारण छोटो अवधीमै सालिकको यो दुर्दशा देख्नुपरेको यासोकमा रहेका स्व. लावतीका पुराना सहयोगीहरु बताउँछन् । देश बिदेशबाट उठेको रकम सगुन लावती आफैले मागेर लिने गरेका थिए । परिवारका अन्य सदस्यहरु र लावती सयडलाई पनि कुनै हिसाब नदखाएको लाओती सयङका पदाधिकारी भन्दछन् । हङकङ र वेलायतमा रहेका लावती सयङहरुले हरहिसाबको फस्र्याैटको लागि बाराम्बार ताकेता गदर्।

पनि हिसाब मिलान गरिएको छैन । पैसा उठाउन बाराम्बार सम्र्पक गर्ने तर रकम प्राप्त भएपछि लापत्ता हुने भनेर ती सयङका पदाधिकारीहरुले सामाजिक सञ्जालमा सगुन लावतीप्रति आक्रोस पोखेका छन् । राप्रापाका सहयोगीहरुले पनि पिताको नाम भाँजेर कमाउ धन्दामा लागेकोले सगुनप्रति उदेक मानेका छन् । व्यापार व्यवसाय गर्ने राप्रापा प्रजातान्त्रिकका एक नेता त दिक्दारी मान्दै सगुन लावतीको यहीकार्यविधि रहिरहे निज पत्रकार भन्दा माथि उठ्न नसक्ने भनेर ठोकुवा गर्दछन ।

आफ्नै नातागोता र पार्टीका सहयोगीहरुको विश्वासको नाजायज फाइदा लिइ कमाउ धन्दामा लागेका सगुनको चर्तिकला देखि उनकै सहयोगीहरु भोलि अप्ठेरोमा परिन्छ भनेर टाढिन थालेका छन् । यासोक बजारमा सालिक अनावरणको दिन प्रयोग गरिएको व्यानरको बिलमा समेत लागतभन्दा दोब्बर मूल्य उल्लेख गराउन लगाएका सगुनले सालिक निर्माणमा उठाइएको ठूलो रकममा झन् के गरे होला ? यो उदाहरणबाट नै प्रष्ट हुन्छ । समय आएपछि सबै सार्वजनिक गरिनेछ ।’– सालिक निर्माणमा खटिएका एक सहयोगीले बताए । सिलिगुढीमा बनाइएको कमसल सालिकको पनि नक्कली बिल तयार पारिएको स्रोतको दावी छ । पाँचथर जिल्लालाई जीवन पर्यन्त अनवरत नेतृत्व दिएका स्व. लावती जस्ता आफ्नै पिताको सालिकमा त यस्तो भ्रष्टाचार हुन्छ भने सर्वसाधारणको हकमा के होला भन्दै यासोकवासीहरुले गुनासो गरेका छन् ।