राँगाले यसरी बनायाे वडाध्यक्षलाई घाईते

नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हान्नु पर्यो

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–५ प्रितीमा मगंलबार बिहान राँगाले हान्दा वडाध्यक्ष कुबिर खत्रीसहित चारजना घाइते भएका छन् । खत्रीको अवस्था गम्भीर छ । मान्छे आक्रमण गरिरहेको राँगा नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हानेर मारेको थियो । वडाध्यक्ष खत्रीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि छिमेकी जिल्ला दोलखाको जिरी लगिएको छ । राँगाले हान्दा इलाका प्रहरी कार्यालय प्रितीका एक प्रहरी जवानसहित स्थानीय मानबहादुर सार्की र कालु नेपाली घाइते छन् । घाइते तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रितीबाट मानबहादुर खत्रीले जानकारी दिए ।

दाम्लोसहित भागेको राँगाले मान्छे हान्न थालेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मान्छे आक्रमण गरिरहेको राँगा नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हानेर मारेका छन् । उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरबाट लाप्चानेका चन्द्रबहादुर श्रेष्ठले सोमबार राँगा खरिद गरी प्रितीतर्फ ल्याउँदै थिए । सडकमा गुडिरहेको ट्याक्टर देखेर राँगा त्रर्सेर भागेको थियो । सो राँगोले स्थानीयलाई एकाएक हान्न थालेको खत्रीले बताए । स्थानीय सोमबार राति राँगालाई समातेर नाक छेडी बाँधेका थिए ।

चन्द्रबहादुरले राँगा घरतर्फ जाने क्रममा पुनः दाम्लोसहित भागेको र राँगाले मान्छे हान्न थालेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । राँगाले प्रहरी टोलीमाथि नै आक्रमण गर्दा एक जवान घाइते भएका छन् । प्रहरीसँगै पुगेका वडाध्यक्ष पनि घाइते भए ।नयाँ पत्रिकामा खबर छ