प्रेमिकालाई आँखा दान गरे मोडलले तर गायकले उडाइदिए यसरी…… (भिडियोसहित)
एउटा फोटोग्राफर, जसको क्यामरामा अचानक सुन्दर केटीको तस्विर कैद हुन्छ । यही घटनाले फोटोग्राफर र केटीबिचमा प्रेम मौलाउँछ । अनि सुरु हुन्छ मायाको संसार ।
अर्को अप्रत्यासित घटना घट्छ । कार दुर्घटनामा केटी गम्भीर घाइते हुन्छे । उनको आखाँमा ठूलो चोट लाग्छ । प्रेमी फोटोग्राफरले आँखा दान गरेर प्रेमिकालाई संसार हेर्न सक्ने बनाउँछन्, आफु दृष्टिविहिन बनेर । उपचारपछि केटीले प्रेमी भेट्दिनन्, अझ रोचक त आफुलाई आफ्नै प्रेमीले आँखा दान गरेको भन्ने नै केटीलाई थाहा हुँदैनन् । यसैबिचमा अर्का युवक केटीको जीवनमा प्रवेश गर्छन् । जो गीतका गायक हुन् ।
यो गीति घटनालाई गीतमा सुन्दर आवाज दिइएको छ भने म्युजिक भिडियो पनि मिहिनेतका साथ बनाइएको छ । यो सञ्चारकर्मी पवन भट्टराई र सञ्चिता शाही मोडल, विकास संगम राईको स्वरमा सजियोको आधुनिक गितको कथा हो । मुलधारको पत्रकारितामा लामो समयदेखि सक्रिय भट्टराईले म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका हुन ।
भिडियाे हेर्नुस…