दर्शक र श्राेताहरूकाे प्रशंसाले मख्ख यी सचिता

पछिल्लो समय युवापुूस्तामाझ सफल संचारकर्मीको रुपमा आफुलाई स्थापित गराउदै आएकी संचारकर्मी सचिता बुढाथोकी हाल राजधानीमा हुने स्टेज कार्यक्रममा ब्यस्त छन । रेडियो र टेलिभिजनमा आफुलाई एक सफल संचारकर्मीको रुपमा चिनाउन सफल सचिता हाल एविसी टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छन ।

 

राजधानिमा भैरहेका बालविवाह एवम दाईजो , आउदै गरको स्थानिय तहको तेस्रो चरणको निर्वाचन तथा तिज विषेश जस्ता सांगितीक , राजनितिक र सामाजिक जस्ता स्टेज कार्यक्रममा कार्यक्रम संचालिकाको रुपमा अहिले निक्कै ब्यस्त रहेकी फुर्तिली स्वभावकी छन। शालिन स्वभावकी सचिता स्टेज कार्यक्रमबाट दिनप्रतिदिन दर्शक कमाइरहेकी छन । संचिताले अाफ्नाे स्वर र बिचार दर्शकहरूले मन पर्छ भन्दा अाफुलार्इ खुशी लाग्ने र त्यसले अाफुलार्इ झन उत्साहित बनाउने बताउछिन ।

स्टेज कार्यक्रम संचालन गर्दा स्वरको मनग्गे प्रशंशा पाउने गरेकी उनि । स्टेज कार्यक्रम संचालन पछि दर्शकले स्वर मन पर्यो भन्दा उनले आफनो बुवालाई संझिने गर्छिन । बुवाको प्रेरणाबाट संचार जगतमा उदाएकी सचिताले आफनो बुवा २०७३ साल चैत्र १२ गते गुमाएकी हुन ।रेडियो , टेलिभिजन र स्टेजमा आफुलाई सफल संचारकर्मीको रुपमा उभ्याउन सफल सचिताको आवाजलार्ई प्रेम गर्नेहरुको संख्याा प्रतिदिन बढदा उनमा अझै अगाढि बढ्ने प्रेरणा मिलेको बताउछिन  ।