त्रिवेणी गजल सन्ध्यामा उभिएका गजलकारहरूले भने – अब गजल मार्फत मुलकमा क्रान्ति हुनुपर्छ

त्रिवेणी गजल सन्ध्यामा उभिएका गजलकारहरूले मुलुकमा परिवर्तन अाबश्यक भएकाे भन्दै गजल मार्फत क्रान्ति हुनुपर्नेे बताएका छन । शनिबार राजधानीमा भएकाे कार्यक्रममा  गजलकारहरूले  अब गजलबाट क्रान्ति हुनुपर्ने बताउदै  राजनितिलार्इ समेत कटाक्ष गरे । 

त्रिबेणी गजल सन्ध्याकाे नाममा गरिएकाे कार्यक्रममा बिभिन्न तिन प्रदेशबाट गजलकारहरूलार्इ उभ्याइएकाे थियाे । गजलकारहरूमा प्रदेश नं ५ बाट बेगम थापा निश्चल प्रदेश नं ६ बाट धनराज वास्तविक र प्रदेश नं ७ बाट लक्ष्मण संगमलार्इ प्रतिनिधिका रूपमा उपस्थित गराइएकाे थियाे ।

पृथक पृष्ठभुमीबाट सुरू भएकाे कार्यक्रममा राजधानी लगायत देशभरका युवा गजलकारहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।  कार्यक्रममा देशभक्ति र समसामयिक राजनिति बिषयमा रहेर गजलकारहरूले गजल बाचन गरिएकाे थियाे भने केहि अतिथि गजलकारहरूलार्इ समेत एक एक वटा गजल वाचन गर्न लगाइएकाे थियाे  ।