कमाईको आधा हिस्सा बालबालिकाको विकासमा लगानी गर्न अविभावक सिप सिक्दै

कमाईको आधा हिस्सा बालबालिकाको सर्वाङ्गिन बिकासमा लगानी गर्ने उदेश्य राखेर बालबालिकाका अबिभावकहरुले जाजरकोटमा ब्यबसायिक सिप सिकि रहेका छन् । देश तथा समाज विकासमा आफ्ना सन्ततिले योगदान पुर्याउन सक्ने सक्षम जनशक्ति तयार गर्न आम्दानीको आधा हिस्सा बाल विकासमा लगानी गर्ने उदेश्य सहित बालबालिकाका अबिभावकहरु ब्यबसायिक सिप सिकि रहेका हुन् ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको आयोजनामा सञ्चालित फनिचर मेकर तालिममा बालबालिकाका अबिभावकहरुले ३ सय ९० घण्टे ब्यबसायिक सिप सिकेको जिविको पार्जन तथा पोषण कार्यक्रम संयोजक रभी रउनियारले जानकारी दिए । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र मनाकामना शिक्षण तथा क्षमता विकास इनिष्टीच्युटको प्राविधिक सहयोगमा दुई महिने फनिचर मेकर तालिम सञ्चालन गरेको कार्यकारी निर्देशक छवी पन्तले जानकारी दिए । उक्त तालिम एकीकृत परियोजना अन्तरगत सञ्चालित जिविको पार्जन तथा पोषण कार्यक्रम अनुसार सञ्चालन गरिएको कार्यकारी निर्देशक पन्तको भनाई रहेको छ ।

ब्यबसायिक सिप विकास तालिम लिएका बालबालिकाका अबिभावकहरु बेरोजगार बस्नु पर्ने अबस्था नआउने सेभ द चिल्ड्रेन जाजरकोट संयोजक मनोज सुनुवारको भनाई रहेको छ । बालबालिकाका अबिभावक स्वरोजगार बन्न सकेमा कमाईको आधा हिस्सा बाल बिकासमा खर्च गर्न सजिलो हुने संयोजक सुनुवारको तर्क छ ।

जाजरकोटमा सञ्चालन गरिएको फनिचर मेकर तालिम रुकुम, सल्यान र जाजरकोट गरि तीन जिल्लाको लागि सञ्चालन गरिएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले जनाएको छ । उक्त तालिममा १८ बर्ष देखि माथि ३० बर्ष सम्मका नागरिकहरु सहभागि भएको जिविको पार्जन तथा पोषण कार्यक्रम संयोजक रभी रउनियारले जानकारी दिए । कार्यक्रमले फनिचर मेकर, हाउस वाईरिङ्ग, मोवाईल रिपेरिङ्ग जस्ता ब्यबसायिक सिप बिकास तालिहरु दिने रउनियारको भनाई रहेको छ ।

उक्त फनिचर मेकर तालिममा सहभागिहरुलाई काठको ३० प्रकारका जोईन्टहरु सिकाएको प्रशिक्षक खुशिराम थारुले जानकारी दिए । उनले आफुले तालिम दिएका विद्यार्थीहरुले खाट, टेवुल, स्टोल, दराज, कुर्सी लगाएतका थुप्रै सामाग्रीहरु निर्माण गर्न सक्ने ठोकुवा गरे । साथै प्रशिक्षक थारुले आफुले तालिम दिएका विद्यार्थीको क्षमता जाँच गरि सिटीभिटिले सटिफिकेट पनि उपलब्ध गराईने वताए ।