आरएसएस आवद्ध संस्थाद्वारा चिनियाँ सामान बहिष्कारको निर्णय, भारतमै कडा आलोचना

दोक्लाम विवादले चीन र भारतविच तनाव बढीरहेका बेला भारतमा चिनियाँ सामान बहिष्कार शुरुभएको छ । अतिवादी हिन्दु समुह राष्ट्रिय स्वमसेवक संघ, चीनबिरोधी तिब्बती स्वतन्त्रता पक्षधर समुह र राष्ट्रवादी भन्ने केही संस्थाले एक महिनाअघि चिनियाँ सामान बहिष्कारको निर्णय गरेका हुन । तर भारतीय संचारमाध्यमले यस्ता निर्णय र क्रियाकलापको चर्को बिरोध गर्दै भारत र्नै पराजित हुने बताएका छन् ।

सत्तारुढ भारतीय जनता पार्टी संचालनमा समेत महत्वपुर्ण भूमिका खेल्ने राष्ट्रिय स्वमसेवक संघ (आरएसएस) को नेतृत्वमा चिनियाँ सामान बहिष्कारको निर्णय हुनु दुर्भाग्यपूर्ण रहेको पनि त्यहाँका मिडियाले उल्लेख गरेका छन् । भारतीय अखवार त इकोनमिक टाइम्सका अनुसार, जुलाईको ८ र ९ मा आग्रामा भएको भारत तिब्बत सहयोग मंचले देशभर चिनियाँ सामान बहिष्कार गर्ने र तीनमा प्रतिवन्ध लगाउनुपर्ने मागसहितको निर्णय लिएको हो । मंच आरएसएसमा आवद्ध संस्था हो । दोक्लाम विवाद शुरुभएको एक महिनापछि र त्यसले तनावको रुप लिएपछि भारतमा अति राष्ट्रवाद हाबी भएको देखिन्छ ।

चिनियाँ सामानलाई बिक्रि बितरणमा रोक लगाएमा चीनलाई दवाव पर्ने र पछि हट्ने बिश्वास तीनको छ । तर भारतीय मिडियाहरुले आरएसएस आवद्ध संस्थाहरुका उक्त गतिबिधिले द्धिपक्षीय सम्बन्ध थप खराव हुने र अन्तत भारत नै पराजित हुने भन्दै त्यस्ता अतिवादी निर्णयबाट पछि हट्न आग्रह गरेका छन् । भारतमा दक्षिणपन्थी अतिराष्ट्रवादी समुहले दोक्लाम तनाव बढीरहेका बेला चीनिया उत्पादनलाई बहिष्कार गर्दै भारतीय बजारमा तीनलाई प्रतिबन्ध लगाउनुपर्ने माग गर्दैआएको छ । दक्षिणपन्थी अतिराष्ट्रवादी समुहको उक्त हर्कतले चीनलाई नभई भारतलाई समस्या पार्ने भारतीय मिडियाले लेखेका छन् ।

जुन १८ मा भारतीय फौजले गैरकानुनी रुपमा दोक्लाम प्रवेश गरी चीनले त्यहाँ निर्माण गर्दै गरेको सडकमा अवरोध सृजना गरेको थियो । त्यसयता त्यहाँ तनाव छ । भारतीय अखवार द इकोनमिक टाइम्सले उक्त बहिष्कारको निर्णयलाई ‘आर्थिक अति राष्ट्रबादको पुनरागमन’ बताउँदै त्यसको भत्र्सना गरेका छन् । उक्त अखवारले भनेको छ,‘यसले भारतलाई हानी गर्नेछ किनकी भारत चीनबाट आयात गरी बाँचेको छ ।’ भारत र चीनविच यतिबेला ठूलो व्यापार घाटा छ । चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । राजनीति र सामरिक बिषयमा प्रतिस्पर्धात्मक र शत्रुताको सम्बन्ध रहेपनि ब्यापारमा चीन र भारतविच साझेदारिता र सहयोगको सम्बन्ध छ । गत बर्ष भारतको बार्षिक आयात मध्ये चीनले मात्र एक्लैले १६ प्रतिशतको हिस्सा ओगटेको छ ।