बर्गसंघर्षले उठान गरेका जाजरकोटका यथार्थ मुद्दाहरु

जाजरकोट र वर्गसंघर्ष

जनताले हारेको दिन मरेर मसानघाटम पुगेका पिचासहरु फेरि ब्युझेर जनतालाइ तर्साउने गर्छ्न केहि जिबितहरुवा पात्रहरु पिचास नै बन्छन भनेर माओत्सेतुङले बारबार दोहर्‍याउनुभयको छ । नेपाल अधिराज्यको झण्डै आठौं स्थानम आउँछ बिकासकाे हिसाबले पिछडिएको जिल्ला मध्य भने सम्भावनाको हिसाबले चौथो स्तरमा छ ।

लेखक

राणाकाल पञ्चेकाल हुँदै बहुदलिय ब्यबस्थाम आइपुग्दा पनि देशले बिकासको नयाँ गतिलिन नसकेपछि नेपाली जनताले पुरानो प्रतिक्रियावादी राज्यब्यबस्था परिवर्तन गरि नयाँ जनबादी सत्ता स्थापनार्थ वर्गसंघर्ष चाहेको थियो र त्यसकाे प्रतिफल क.प्रचण्डको नेतृत्वमा दशबर्षसम्म वर्गसंघर्ष नयाँ उचाइमा पुगेको कुरा सबैलाई जगजाहेर छ । जसकाे अग्रता र त्याग बलिदानको लागि जाजरकोटी जनसमुदायले तेस्रो पिलर उभ्यायाे ।

बर्गसंघर्षले उठान गरेका जाजरकोटका यथार्थ मुद्दाहरु

१-आर्थिक : युगौँयुगदेखी जकडिएर बसेको सामन्तवादी उत्पादन प्रणाली उत्पादनका साधन र उत्पादक शक्तिलाई परिवर्तन गरि गरिखाने गरिब किसान मजदुरको अनुकुल्ताम नयाँ जनबादी आर्थिक नीतिनिर्मानको सत्य एजेण्डा थियो । जसको समर्थनमा हामी जाजरकोटबासी युबा महिला दलित किसान मजदुरले पुरानो सोच र चिन्तन बदलेर नयाँ संघर्ष र पथ अवलम्वन गरेको हो ।

२-राजनीति परिवर्तनको मुद्दा : जहाँ मुठिभर सामन्ती तथा पुजीवादी दलाल नोक्करशाहहरुको चंगुलबाट राजनीति सत्ता जनताको हातमा सुम्पेर जनताको जनबादी राज्यसत्ता स्थापना गर्ने नै थियो। जहाँ दलाल घुसखोर माफिया कमिसनखोर जतिलार्इ पुर्ण रूपमा सजाय सहित जेल र राष्ट्रकाे सम्पत्तिको दुरुपयोग गर्नेजती जनताको ब्यबस्थाम अट्न सक्ने थिती हुदैन थियो।

३- शैक्षिक परिवर्तनको मुद्दा : जहाँ पुरानो अब्यबहारिक रुढीबादी अन्धबिस्वास निहित स्वार्थमा अक्षर सग खेल्ने शिक्षा नभएर सीप सिर्जना कला प्रतीभा सग जोडिएको शिक्षा हुनेछ भनेर भनेको प्रष्ट छ ।

४- रोजगारीको मुद्दा : प्रायजसो नेपाली जनताको मुख्य समस्या भनेको रोजगारको छ त्यो समस्याबाट मुक्ति पाउन प्रानो राज्री ब्यबस्थाको परिवर्तन र जनताको जनबादी ब्यबस्थाको स्थापना विकल्प छैन भनियो र सारा नेपाली जनतालाइ एकताबद्ध पारियो जस्लाइ टेवा पुर्‍याउन जाजरकोटले तेस्रो स्थानबाट सहयोग गर्‍यो ।

५-धार्मिक मुद्दा : जहाँ पुरानो बह्रामण्बादी कोणबाट लक्षत धर्म उत्पीडित समुदाय लिङ्ग जातिमा थुपारिएको छ एस्लाइ समुल परिवर्तन गरेर उत्पीडित जाती बर्ग समुदाय अनुकूलको धर्म सस्कारको बिकास गरिने कुरा सत्यथियो।

६-नेर्तित्व निर्माण : जब सम्म गरिब निर्धा गरिखाने बर्गको नेता हुन सक्तैन तबसम्म गरीब किसान ,मजदुर ,महिला , दलित उत्पीडित जाति बर्ग क्षेत्रले मुक्तिको कल्पना असम्भव छ भन्ने कुरामा बिश्वास थियो । सोही अनुसार नेतानिर्माणको भुमिका नेपाली जनता र जाजरकोटको भुमिका उल्लेखनीय रहेको ऐतिहासिक तथ्य छ।

दुर्भाग्यपुर्ण परिणाम र गलत चिन्तन

इतिहासकै धेरै पिडा र बलिदानको ओज जाजरकोटमा सायद अतुलनीय छ भन्दा फरक नपर्ला जहाँ छोटो घटनालाई इङ्गित गर्न खोजेको छु २०५२ साल फाल्गुन १४ गते जाजरकोट जिल्लाको लह नलसिङगाडम मान बहादुर रावल र मान बहादुर वलि लाई स्थानीय गुण्डाहरुको सिकायतम प्रहरी द्वारा हत्या गराइएको थियो । भने उक्त हत्याको खुसिम स्थानीय जालिहरुले खसी काटेर भोज मनाइयको थियो भने मान बहादुर रावल र वलिको बुवा आमा छोराछोरी लाई लास देख्नेत कल्पनापनि छोडौ बिधिबत क्रिया काज समेत गर्न दिइयन सायद यो पीडा जाजरकोटका माओवादी नेताकार्यकर्ताले भुलिसकेका होलान तर मान बहादुरका बुवा आमा र छोराछोरीलाई घोची रहेको छ र ईमानदार कार्यकर्ता र सुभचिन्तकको छाती पोलिरहेको छ ।

जाजरकोटले एउटा कल्पनापनि गरेको थिएन कि माओवादी पार्टीका नेताले जनताको जिबनस्तर रोडमा छोडेर आफू पुरानै जिबन पद्धतिम फर्किन्छन भनेर भारतका विरुद्ध जुर्का निपाने मुलसाममा ट्यानल खन्न लगाउने पार्टीको नेताले भारतीय इयरमार्सल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलम राख्ने सहमति गर्ला भनेर तर जनता र देश प्रेम भुलेपछी दलाल को विरुद्ध लड्ने नेता महा दलाल बन्छ भनेर । जब माओवादी सान्तिप्रकृयाम पुगेपछि ईमानदार र बेइमानी बिचार नीति सिद्धान्त को अन्तरसंघर्सको टक्राब हुनु स्वभावैले जरुरी थियो र भयो।
जाजरकोटबासिको आसा र निराशा भन्ने गरिन्छ जोगि आउँदा चालन पाउनेले कहिले चाल पाउछ।

इतिहासमा सबैभन्दा गर्बिलो पद गृहमन्त्रीको पदपायो राष्ट्रको लागि खुसिको र गर्भको बिषय थियो जाजरकोटलाई दुर्भाग्य हाम्रा नेताको चिन्तन एति खराब होला भन्ने थाहा हुनसकेन भुकम्पले जनजीवन बारपाक थियो प्रचण्डकि छोरी र स्वयम् मन्त्रीकि पुत्री चाइनाभर्मण जालान भनेर सुरु पहिलेदेखिनै हो रहेछ बास्तबिकता पोखिदै आउनथाल्यो गलत चिन्तन टुक्रे सामन्ती सोच ।

बर्गबैरी र आन्तरिक साठगाठ

हेर्दाहेर्दै यतिसम्म घिर्णित र अपवित्र समन्ध जोडिएका छन हिजो भाडाको बर्दी लगाएर सुराकी गर्दै जाने हत्यारासँग कुम जोडेर तिनै सहिद परिवार र बेपत्ता अपांग साथिको बुवाआमाको अघिअघि नेताले हिडेको देख्दा कुन आफन्तले माओवादी पार्टी हाम्रो हो भन्छ। गम्भीर बिषय खेताला र जन्तिको गरि चालीस जनाको सामुहिक हत्यागर्ने हत्यारा माओवादी पार्टीको झण्डा समातेर सहिद परिवार लाई धम्कीको भाषा बोल्दैजान्छन यो के थियो जाजरकोट आफै बोल्छ हामी बोल्न सक्दैनौं किनकी हाम्रो मुखम उत्तर छैन।

नेताहरु बिस्तारै आफ्नो छोराछोरी नाताबाद कृपाबाद चर्को पखण्डी चिन्तन जन्मिएको यथार्थ सत्य छ र भन्नू हुन्छ घरघरमा सिहदरबार यो सायद सेता आतंक फैलाउन नाम दिन सुरु गरिएको छ भुपु मन्त्री सामसद हरुको जीवन अलिकति माथेल्लो ओहदाको नेताको छोराछोरी आज नाना, गाना, र छानाको मुन्तिर छ्न जस्लाइ गरिब बर्गको गित आँसु पीडा सुन्न नरुचाउने भएका छन हिजो काठको लिस्नो उभाउन नसक्ने नेताले शहरम बिल्डिङ उभायको छ यस्को हिसाब किताब हुनजरुरी छ ।

तपाईं नेतालाई जहासम्म पुग्ने हैसियत छ त्यो जाजरकोटमा यो वा त्यो ढङ्गले बलिदान गर्ने जन्ताको हो तपाईं हरुले छुट पाउनुहुन्न कि हामीले नाममा धेरै परिवर्तन गरेका छौ भनेर हामीले हेर्ने यथार्थमा बस्तु हो बस्तु कस्तो भयो यो तपाईं जतिसुकै हामीलाई ढाट्नु हुन्छ बास्तबमा आफैलाइ ढाट्न सक्नु भएको छ यो सब गलत हो।

अर्को कुरा वर्गसंघर्ष गर्नेकुरा तपाईंले होइन त्योत बर्गलेहो यो थाहा होला तर थहा नभएको कुरा एउटा छ सामन्तका विरुद्धमा लड्ने मान्छे महा सामन्तम परिनत भएपछि अपुरो वर्गसंघर्ष को बाधक बन्दा त्यो आगोको भुमरीमा परिन्छ भन्नेकुराको चेतना हुन जरुरी छ । तपाईं हरुले जनयुद्धलाई बाङ्गो बनाएर धनयुद्दम बअदल्नु बदल्नु भो स्वागत छ जस्तोसुकै हालतमा तपाईंले गल्तीको भागेदार हुनुपर्ने छ।
औकात र हैसियत जनताले गतिलो सग चिनेका छन तर हैसियत उकास्न विभिन्न बहाना बुनिदै छ ।