जब सिटौलाले बिन्ती गर्दै भने -मियरसाप ! हामीलार्इ सडक चाहियो ?

तर बिद्यासुन्दरले भने हामी खाल्डाखुल्डी पुर्दैनाैँ …

सोमबार महानगरीय ट्राफिक प्रहरी कार्यलयमा राजधानीको सडक ब्यवस्थापनको बिषयलार्इ लिएर उपभोक्ता मन्च र ट्राफिक प्रहरी महाशाखाले अन्तक्रिया कार्यक्रमको आयोजना गर्यो । तर कार्यक्रम अबधीभर अनौठो रस्साकस्सी चलिरहयो । सबैजसो मिडिया र  सरोकारवाला निकाय सबैको बाक्लै उपस्थिति रहयो । सबैले आ आफ्नो तर्क राखे तर साढे नौ बजे सूरू भएको कार्यक्रममा काठमाडौका मियर बिद्या सुन्दर शाक्य साढे दश बजे मात्रै पुगे ।

त्यतिन्जेल केहि बक्ताले बाेलीसकेका थिए । पालाे थियाे यातायात ब्यवसायी महासंघका महासचिब सराेज सिटाैलाकाे सिटाैलाले थुप्रै गुनासाे राखे सबैले निजी क्षेत्र अर्थात यातयात ब्यवसायीलार्इ मात्रै हेप्ने गरेकाे भन्दै जंगिए । उनले सबैभन्दा चुनाैतिपुर्ण क्षेत्र भएकाे भन्दै सबैले सचेतना अपनाउनु पर्ने धारणा राखे । उनले सबैभन्दा कटाक्ष काठमाडाैका  मियर बिद्यासुन्दरलार्इ गरे । उनले बिन्ती गर्दै भने हामीलार्इ सडक चाहियाे प्रभु !  हामी अरू सब नियम मान्न तयार छाैँ । राेचक ढंगले प्रस्तुत भएका सिटाैलाले धेरै जसाे बाेलीमा मियर शाक्यलार्इ प्रहार गरिरहे ।  सरकारको प्रष्ट नीति नियम र सडकको दुरावस्थाको कारण यातायात व्यवसायीको लगानी जोखिमपूर्ण भएको महासचिव सिटौलाले बताए।

मेयर सापले भने -वर्षायाममा महानगरले सडकका खाल्डा पुर्दैन

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले वर्षायामभर सडकका खाल्डाखुल्डी नपुर्ने बताएका छन् । वर्षायाममा सडकको खाल्डा पुर्नु भनेको पैसाको नाश मात्र हुने उनले बताए । सोमबार ट्राफिक प्रहरीसँग भएको छलफल कार्यक्रममा मेयर शाक्यले भने, ‘खाल्डा पुर्ने काममा महानगरपालिका अघि सरेको छैन । सर्दा पनि सर्दैन ।’ उनले अघि भने,’अहिले खाल्डा पुर्दा रकम दुरुपयोग मात्रै हुन्छ । जति आलोचना भएपनि महानगरले खाल्डा पुर्दैन । जनताको करबाट उठेको रकम यसरी खेर फाल्नु हुँदैन ।’

सडक विभागले गरेको खाल्डा पुर्ने कामको पनि आलोचना भएको भन्दै आफ्नो अडानको बचाउ गरे । वर्षायाम सकिएपछि दशैंसम्म महानगरका सबै खाल्डा पुर्ने उनले बताए । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले भने स्रोतको समस्या देखाएर खाल्डा पुर्दिन नभन्न आग्रह गरे ।

उनले प्रधानमन्त्रीले नै निर्देशन दिएकाले समस्यालाई गम्भीर रुपमा लिनुपर्ने बताए । ‘सडकमा खाल्डा र त्यसो हिलो र धुलोले ट्राफिकलाई चोकमा उभिन समस्या छ । सर्वसाधारणलाई त्यतिकै सास्ती छ’ खनालले भने, ‘बजेट छैन भने केही शीर्षकमा मिलाएर यताउ-उता गर्नुस् । तर, खाल्डा चाँही पुरिदिनुस् ।’ सडक विभागका प्रतिनिधि पनि सहभागी कार्यक्रममा खनलले आफू माग्न मात्रै विभाग र महानगर नधाउने स्पष्ट गरे । सबैले आ-आफ्नो काम समन्वयात्मक ढंगले गरे सडकमा देखिएको समस्या हट्ने उनको भनाइ थियो ।

 सर्बेन्द्र खनालले भने ट्रिपरको गुन्डागर्दी चल्दैन अब सडकमा…

सडकमा ट्रिपर व्यवसायीको मनोमानी चलेको र दुर्घटनासमेत बढेको गुनासो आएकाले अब जथाभावी सवारी नचलाउन एसएसपी खनालले ट्रिपर चालक र संचालकलाई आग्रह गरेका छन्। केही ट्रिपर चालक गुन्डागर्दी गर्नेले संचालन गरेकोले अब दादागिरी नचल्ने उनले बताए। उनले भने, ‘केही गुन्डाले डाँडापाखा लिने अनि ट्रिपर संचालन गर्ने गरेको पाइएको छ। त्यस्ताको लगत मसँग छ। तिनका सातो लिने मात्र होइन, व्यवसाय नै बन्द गराइदिन्छु।’ खनालले अब ट्राफिक प्रहरीले सडकमा चालक र यात्रुलाई अनावश्यक दुःख नदिने पनि दावी गरे।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालाई बोलाएर सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरेका छन् । उनले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि आग्रह गरेका हुन्। एसएपी खनालले भने, ‘खाल्डाखुल्डीका कारण सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको छ। बाँच्ने व्यवस्थासम्म गर्नेको लागि तत्काल पुर्ने व्यवस्था गर्नुहोला।’

उनले राजधानीको सडक व्यवस्था मिलाउन अब कुरेर बस्ने समय नभएको बताए। सडक विभाग र महानगरका प्रमुखसँग खनालले आग्रह गरे, ‘म पटक-पटक हात जोडेर खाल्डा पुर्नुहोस् भन्दै आउनु नपरोस्।’ सुन्दर र सफा सहर बनाउन सडक र बत्ती आवश्यक भएकाले तत्काल काम गर्न मेयर शाक्यसँग आग्रह गरे। खनालले भने, ‘सडक बत्ती बाल्न तपाईँ सक्नुहुन्न भने मसँग मान्छे छन्, म काम अगाडि बढाउँछु।’ उनले सबैमा उठोट भए राजधानीको ट्राफिक र सडक समस्या तत्काल समधान हुने बताए।

पैदल यात्रुलाई २ सय जरिवाना लागु होस् : उपभाेक्ता मन्च

केही महिना अगाडि राजधानीमा लागू भएको जथाभावी बाटो काटे २ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था पुनः सुरु गर्न उपभाेक्ता मन्चका अध्यक्षले  माग गरेका छन् । उनले कानुनमा जरिवाना भएकाे भन्दै अब जेब्रा क्रसिङ भन्दा बाहिरबाट बाटाे काटनेलार्इ २ सय रूपैयाँ तिराउनु उपयुक्त भएकाे बताए । उनले १ घन्टा काेचिङ कलास समेत दिनु पर्ने धारण राखे ।

मनोज गजुरेलको व्यंग्यः ट्राफिक लाइटमा कालो बिरालो बाधौं

कलाकार मनोज गजुरेलले सवारी चालकलाई व्यंग्य गर्दै अब ट्राफिक प्रहरीले ट्राफिक लाइटमा कालो बिरालो बाँध्नु पर्ने अवस्था आएको बताए ।  कलाकार गजुरेलले ट्राफिक नियम पालना नगर्नेविरुद्ध यस्तो व्यंग्य गरेका हुन् ।

उनले चालकले सजाय र जरिवाना तिरेर पनि रातो बत्ती बल्दा पनि ट्राफिक लाइटमा सवारी नरोक्ने गरेकाले अब कालो बिरालो बाँधेर राखे सवारी रोक्ने बताए। चालकले नियम पालना नगर्ने भएकोले जाम बढेको भन्दै उनले सबैलाई सचेत हुन आग्रह गरे। उनले चालक र ट्राफिक प्रहरी मिलेर यसलाई सुधार गर्नुपर्ने बताए।