रोल्पाली समाज सेवा दाङद्धारा वृक्षारोपण

रोल्पाली समाज सेवा दाङले शुक्रबार घोराही उपमहानगरपालिका–१६ स्थित वातावरणीय प्राथमिक विद्यालय करौतीडाँडाको वरीपरी वृक्षारोपण गरेको छ । समाजले आफ्नो दोस्रो अधवेशनको पुर्वसन्ध्यामा वृक्षारोपणको आयोजना गरेको हो । विद्यालयको हाताभित्र सल्लो, मलेशियन साल, टिक, गोल्डमोहर, कपुर लगाएतका गरी ७ जातका ३ सय ५० विरुवा रोपिएको समाजले जानकारी दिएको छ ।

वृक्षारोपणमा त्यहाँका स्थानीय, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थी र रोल्पाली सेवा समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । समाजका अध्यक्ष मदन कुमार वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका १६ का वडाअध्यक्ष लक्षिनप्रसाद वुढा मगरको विशिष्ट आतिथ्यमा वृक्षारोपण कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेयर चौधरीले वातावरणलाई सफा र सुन्दर राख्न बोटविरुवालाई संरक्षण गरेर राख्नुपर्ने वताउनुभयो । सुन्दरताको प्रतिक प्रकृति मात्र भएको उल्लेख गर्दै उहाँले जिल्लाका प्रत्येक विद्यालयका वरिपरी वृक्षारोपण गरी हरियाली जोगाइराख्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

आफ्नो गाउँठाउँको विकासका लागी स्थानीयस्तरबाटै आवाज उठाउन आवश्यक रहेकोमा जोड दिदै मेयर चौधरीले विकास गर्दा वातावरणीय पक्षलाइ ध्यान दिइने उल्लेख गर्नुभयो । सो अवसरमा जनकपुर टोल विकास संस्थाका अध्यक्ष ईश्वर डिसी, उक्त विद्यालयका प्रधानाध्यापक यामी डिसी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका कोषाध्यक्ष हर्क बहादुर खत्रीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण मगर पत्रकार संघ दाङका अध्यक्ष रेखा मगरले गर्नुभएको थियो ।