बोको हरामको आक्रमणमा ५० जना मारिए

एजेन्सी,अफ्रिकी मुलुक नाईजेरियामा इस्लामिक अतिवादी समूह बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको मागुमेरी क्षेत्रमा एउटा तेल अन्वेषण टोलीलाई लक्षित गरी थापिएको विद्युतीय धराप विष्फोटमा ५० जना मारिएका हुन् ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । गत मंगलबार भएको घटना ढिला गरी सार्वजनिक भएको हो । नाईजेरियाको राष्ट्रिय पेट्रोलियम संस्थानको विज्ञ टोलीलाई सुरुमा अपहरण गर्ने प्रयास गरिएको र त्यो प्रयास सम्भव नभएपछि धरापमा पारिएको बुझिएको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन नसके पनि मृतकको संख्या अझै धेरै हुनसक्ने बताइएको छ ।