एउटै ब्वाईफ्रेण्डबाट एउटै समयमा गर्भवती हुन चाहन्छिन् यी दुर्इ युवती

एजेन्सी,अष्ट्रेलिया चर्चित जुम्ल्याहा दिदी बहिनी अन्ना र लुसीले अचम्मको इच्छा व्यक्त गरेका छन् । उनीहरुको यो इच्छाबारे अहिले विश्वभरी चर्चा चलेको छ । मेल अनलाईनका अनुसार, उनीहरुको इच्छा साँच्चिकै अचम्मको छ– आफ्नो केटासाथीसँग एउटै समयमा सेक्स र सँगै गर्भवती हुने ।

सम्भव छ त ? उनीहरु भन्छन्– किन नहुनु, हामी जुम्ल्याहा जन्मिन सक्छौं भने एकै समय गर्भवती किन हुन नसक्नु ।
तर यो सम्भावना न हो । अष्ट्रेलियाको पर्थमा बसोबास गर्ने यी ३० बर्षका दिदी बाहिनीलाई आफ्नो रुपमा समेत औधी लोभ लाग्ने बताउँछन् । उनीहरुले आफ्ना स्तन सेक्सी देखाउन मात्रै २ लाख ५० हजार पाउण्डको प्लाष्टिक सर्जरी गरेका थिए ।

अहिले उनीहरु दुबैको एउटा ब्वाइफ्रेण्ड रहेको छ । बेन नाम गरेका ती केटासाथीसँग उनीहरु सँगै सेक्स गरेर गर्भवती हुन खोजेका हुन ।
सेक्सको समय फरक भएपनि चिकित्सकहरुको रेखदेखमा यौनसम्पर्क गर्ने हो भने एकै दिन उनीहरु गर्भवती हुनसक्ने सम्भावना भने हुनसक्ने चिकित्सकहरु बताउँछन् ।