सावधान ! धेरै टिभी हेर्ने बालबालिकामा यस्तो खतरा

यदि तपाईका नानीबाबुहरुले लगातार ३ घण्टा भन्दा बढि समय टिभी हेर्न, कम्प्युटर गेम, ट्याव्लोइड तथा स्मार्टफोनमा समय बिताउछन् भने सावधान रहनुहोस् । यो बालबालिकाको स्वास्थ्यका लागि घातक हुन सक्छ । एक रिपोर्टका अनुसार घण्टौसम्म टिभीको स्क्रिनमा आफ्नो समय बिताउने बालबालिकामा मधुमेहको खतरा अत्याधिक हुन्छ ।

लण्डनमा ९ देखि १० वर्षका ४ हजार ५ सय बालबालिकामा गरिएको एक शोधअनुसार बालबालिकाले लगातार डिजिटल प्रविधिमा झुकाब राख्नाले उनीहरुमा मोटोपन बढ्दै जान्छ । साथै यसले शरीरमा रहेको इन्सुलिन तथा पाचन ग्रन्थी र हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिदैन । जसको कारण डायविटिज लाग्न सक्छ ।

साथै टिभीको स्क्रिन अगाडि धेरै समय नबिताउने बालबालिकामा भने टाइप २ को डायविटिज लाग्ने सम्भावना अत्याधिक हुन्छ । यो शोध अर्काइव्स अफ डिजिज इन चाइल्ड हुडमा प्रकाशित भएको थियो ।