चीनसँगको सीमा नाकामा सुरुङ खन्दै भारत, यस्तो देखियाे उद्देश्य

भारतको सीमा सडक संगठन (बीआरओ)ले अरुणान्चल प्रदेशको ४१७० मिटर उचाइमा रहेको सेला दर्रा भएर निस्कनका लागि दुईवटा सुरुङ खन्ने भएको छ । उक्त सुरुङ खनिएपछि अरुणान्चलको तवाङ्गदेखि चीनको सीमासम्मको दूरी १० किलोमिटरसम्म कम हुने छ ।

बीआरओले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘यी सुरुङ निर्माण गरिएपछि तेजपुरमा रहेको सेनाका २ कार्पको मूख्यालय र तवाङ्गको यात्रामा १ घण्टाको समय कम हुने छ ।’

सुरुङ निर्माण पछि १७१ किलोमिटर लामो बाटोमा हरेक मौसममा आवतजावत हुन सक्ने बीआरओको भनाइ छ ।भारी हिमपातले सडक सम्पर्क टुट्ने अवस्था आए सेनाका लागि यो सडक बरदान सावित हुने जनाइएको छ ।