ओलाङचुङगोलामा आयो चीनबाट मोटर

चीनको सिमाना टिप्ताला भञ्ज्याङ हुँदै ल्याइएको ताप्लेजुङको विकट भेग ओलाङचुङगोलासम्म जोडिएको छ । चीनसँग मोटरबाटो जोडिएपछि दुर्गम ओलाङचुङगोलाका बासिन्दा शुक्रबार रातभर जागै बसे । सदरमुकाम फुङलिङबाट २६ कोस उत्तरको यो विकट बस्तीमा रातभर नाचगान र भोज चल्यो ।

गाउँका गण्यमान्यदेखि सर्वसाधारण्सम्मको गलामा माला सजिएका थिए । आफ्नै सदरमुकाम पुग्नभन्दा छिमेकी देशको सीमावर्ती बजार रिउ यहाँका बासिन्दालाई पायक पर्छ । उनीहरु खाद्यान्नदेखि जुत्ता कपडासम्म किन्न उतै पुग्छन् । आजको कान्तिपुरमा खबर छ ।