यी हुन् भारतका १४ औं राष्ट्रपति रामनाथ कोविन्द

भारतको १४ औं राष्ट्रपतिमा भारतिय जनता पार्टी नेतृत्वको सत्तारुढ गठबन्धनका उम्मेद्वार रामनाथ कोविन्द निर्वाचित भएका छन । काेविन्दले ६५.६५ प्रतिशत मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी मीराकुमारले ३४.३५ प्रतिशत मत प्राप्त गरेकी छन ।

सन १९९७ पछि भारतले दोश्रोपटक दलित राष्ट्रपति पाएको हो । यसअघि दलित समुदायबाट पहिलो राष्ट्रपति केआर नारायन थिए  । कोविन्द भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट उठ्नु भएकी उम्मेद्वार मीरा कुमार पराजित गरी सर्वोच्च पदमा पुगेका हुन । यसपटकको निर्वाचनमा दुबै उम्मेद्वार दलित समुदायबाट प्रतिनिधित्व गरेका थिए  ।

उत्तरप्रदेश कानपुरका ७१ बर्षीय कोविन्द सन २०१५ देखि २०१७ सम्म बिहारका गभर्नर थिए ।  भाजपाका राष्ट्रिय प्रबक्ता र दलित मोर्चाका प्रमुखको जिम्मेबारी निर्वाह थिए  ।

भारतीय राष्ट्रिय कांग्रेसका तर्फबाट राष्ट्रपति भएका प्रणव मुखर्जीको कार्यकाल यही जुलाई २४ मा सकिँदैछ । भारतको माथिल्लो सदन राज्यसभा, तल्लो सदन लोकसभा र सबै राज्यका विधान सभाका गरी ४८९६ जनाले राष्ट्रपति चयनका लागि मतदान गरेका थिए । लोकसभा र १७ राज्यको विधानसभामा सत्तारुढ भाजपाको बहुमत रहेकाले राष्ट्रपतिमा रामनाथ निर्वाचित हुने निश्चित थियो ।

निर्वाचित राष्ट्रपति कोविन्दले जुलाइ २५ मा पदभार ग्रहण गर्ने कार्यक्रम छ । सन २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा प्रणव मुखर्जीले प्रतिस्पर्धी पिए साङमालाई पराजित गरेका थिए । मुखर्जीले त्यसबेला ६९ प्रतिशत मत ल्याएका थिए ।

बिहारको राज्यपाल रहेका कोविन्दको नाम राष्ट्रपतिको उम्मेदवारीको दौडमा खासै चर्चामा थिएन । तर, वीजेपीले रणनीतिक रुपमा उम्मेदवार मात्र बनाएन, जिताएको पनि छ ।

को हुन् कोविन्द ?

रामनाथ कोविन्दको जन्म १ अक्टोबर १९४५ मा उत्तर प्रदेशको कानपुर देहातमा भएको थियो । उनले कानपुर युनिभर्सिटीबाट बीकम र एलएलबीको पढाई पूरा गरेका छन् । उनी दिल्ली हाई कोर्टमा १९७७ देखि १९७९ सम्म केन्द्र सरकारको वकिल रहेका थिए । १९८० देखि १९९३ सम्म केन्द्र सरकारको स्ट्ण्याडिङ काउन्सिलमा बसेर काम गरे ।

दिल्ली हाई कोर्ट र सुपि्रम कोर्टमा उनले १६ वर्ष वकालत गरे । १९७१ मा दिल्ली बार काउन्सिलमा मनोनित भए । १९९४ मा उनी उत्तर प्रदेशबाट राज्यसभाका लागि सांसद चुनिए । उनी १२ वर्षसम्म राज्यसभा सांसद रहे । सादगी जीवनका कारण पनि चिनिने उनले आफ्नो कानपुरको घर दानमा दिएका थिए ।