नेपालमा तापक्रम बड्नुकाे कारण यस्ताे रहेछ

नेपालको तापक्रम बार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको खबर आजको कान्तिपुरमा छ । यसअघि सरकारले अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालमा बार्षिक ०.०६ डिग्री सेल्सियसका दरले मात्र तापक्रम बढिरहेको आँकडा प्रस्तुत गरेको थियो ।

विकसित मुलुकले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोप्लोरो कार्बनलगायतका हानिकारक ग्यास (ग्रिनहाउस ग्यास) का कारण नेपालको तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो । नेपालले भने प्रतिबर्ष ०.१ प्रतिशतमात्र ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने गरेको छ ।