दोक्लाम बिवाद चरम उत्कर्षमा सैन्य युद्धाभ्यास गर्दै चीन र भारत

सिमाबाट तत्काल सेना नहटाए भारतले ठुलाे मुल्य चुकाउनु पर्ने चिनकाे चेतावनी

दोक्लामबाट भारतीय सेनालाई तत्काल फिर्ता हुन दिएको चेतावनीलाई नयाँदिल्लीले बेवास्ता गरेपछि बेईजिङले चीन–भारत सिमामा आफ्नो सैन्य शक्ति केन्द्रित गरेको छ । चीनको यो शक्ति प्रदर्शनलाई चुनौती दिंदै भारतले पनि उक्त क्षेत्रमा परिचालित सैन्य शक्ति बढाएको छ । यो सँगै दोक्लाममा तनाव थप बढ्ने संकेत देखिएको छ । चिनले सिमाबाट तत्काल सेना नहटाए भारतले सबैभन्दा ठुलाे मुल्य चुकाउनु पर्ने चेतावनी दिएकाे छ । 

गत जुन ६ मा चीनले उक्त क्षेत्रमा राखिएका भारतीय सेनाका बंकर ध्वस्त गर्दै सडक निर्माण गर्न थालेपछि भारतसँगको तनाव शुरुभएको हो । चीनले उक्त क्षेत्रलाई आफ्नो भूभाग ठान्छ, जसलाई सन १८९० को ब्रिटिश भारतसँगको सम्झौतामा परिभाषित गरिएको उसको भनाई छ । उता, भुटानले भने उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै त्यसको रक्षाका लागि भारतलाई आग्रह गरिएको बताएको छ । भारतले पनि भुटानकै आग्रहमा भुटानको सार्बभौमिकताको रक्षाका लागि नेतृत्व लिएको दाबी गरेको छ ।

एक साता यता निरन्तर चीनले उत्तरी तिब्बती क्षेत्रमा अत्याधुनिक युद्धसामाग्रीसहितको ठूलो सैन्य अभ्यास गरेपछि त्यसले अन्तराष्ट्रिय ध्यान खिचेको छ । चीनको तिब्बतमा गरिएको उक्त अभ्यासलाई विवादित दोक्लाम क्षेत्रमा हस्तक्षेप गरेको भारत र उसपछिको शक्तिबिरुद्ध चिनियाँ प्रदर्शनका रुपमा हेरिएको छ । यो अभ्यास कहिले र कुन स्थानमा गरिएको प्रष्ट नपारिएपनि भारतीय रबैयाबिरुद्ध केन्द्रित रहेको छ ।

चिनियाँ अनलाइन पिपुल्स डेलीका अनुसार, चीनको भारतसँगको सिमामा भएको उक्त अभ्यास भारतबिरुद्धको कडो चेतावनी हो । उक्त अभ्यास अन्तगर्त सेनाका एक पूर्ण बिग्रेडले अति उच्च प्रबिधिका हतियार सामाग्रीसहित बुहपक्षीय आक्रमणको तयारी अभ्यास गरेको हो । त्यसमा ५ हजार मिटरका उच्च पठारमा आक्रमण गर्नेसम्मका अभ्यास भएका छन् ।

चिनियाँ जनसेनाको आधिकारिक अखवार पिएलएका अनुसार, उक्त सैन्य अभ्यासमा हजारौं जनसेना र सयौं सैन्य सवारी साधनले चीनको उच्च हिमाली क्षेत्रमा लड्ने युद्धको झल्को दिएका थिए । अभ्याससँगै उत्तरी तिब्बतको कुनलुन हिमाली क्षेत्रमा ती अत्याधुनिक युद्ध सामाग्री ओसारिएको थियो । चीनको यो युद्धभ्यासबाट अतालिएर भारतले चीनसँग सिमा जोडिएको हिमाली क्षेत्रमा आफ्ना सेना केन्द्रित गरेको छ । त्यसलाई उसले चीनियाँ सैन्य शक्तिलाई अघि नबढ्न चेतावनी दिन खोजेको छ ।

भारतीय सेनासँग हाल १० वटा हिमाली डिभिजन, एक स्वतन्त्र हिमाली बिगे्रेड र तीन वटा हिमाली ब्याकअप शक्ति छन् भने भारतले चीनसँगको हिमाली सिमामा आठ हिमाली डिभिजन परिचालन गरेको छ । चिनियाँ बिज्ञहरुका अनुसार, भारतीय सेना विवादित क्षेत्रमा छरिएको भएपनि चीनद्वारा उक्त क्षेत्रमा प्रयोग गरिएको बढ्दो सैन्य शक्ति, शक्तिशाली हतियार र यसको अत्याधुनिक लजिस्टिक सहयोगले भारतीय सेनालाई सजिलै परास्त गर्नेछ ।