मज्जाले कस्सिएर व्यवसाय गर्ने युवाहरूलार्इ फुर्सद नै छैन,

सधैं हतारै हतार हुन्छ भट्टीमा भेटिनेहरूलार्इ

हुनत मुलुक बेराेजगारहरूकेा भिडमा तल्लिन् छ । बेराेजगार जन्माउने कारखाना जस्तै बनेकाे छ ।  कतिपय युवाहरु यतिवेला काम छैन भन्दै रक्सी र चुरोटका धुवाँहरूमा जवानी गुमाइरहेका छन त कतिपय युवा घर खेत बन्धकी राखेर खाडीमा पसिना बेचिरहेका छन ।  आफ्ना सपनाहरु जलाईरहेका छन । त कतिपय चाँही पार्टीका झण्डा वोक्दै नेताहरूकाे भराैटे बनिरहेका छन । मानाैँ उनिहरूले मुलुककाे हैन नेताकेा हेरबिचार गर्ने जिम्मा लिएका छन ।

मान्छे भएर जन्मिसकेपछि सवैलाई आफ्नो भविष्य वनाउनु छ र त कुनै न कुनै काममा व्यस्त देखिनुछ । यस्तै कर्मठ युवाहरु मध्यमा पर्दछन रोल्पा होलेरी क्षेत्रका कतिपय युवाहरु । राेल्पाले मुलुकका लागि पनि केहि युवा नजन्माएकाे हैन । उसाेत राेल्पाका युवाहरू धेरै क्षेत्रकाे प्रतिनिधित्व गर्दछन ।काेहि त्यस्ता युवाहरू पनि छन । जाे उनीहरु नत कुनै पार्टीको झण्डा वोकेर छाती थापेर हिड्न मन पराउँछन नत विदेशको कल्पना नै गर्छन ।

ति युवाहरु छोराछोरीको भविष्य निर्माण र स्वदेशमै कहि गरौं भनेर पसिना वगाउँदै छन जन्मथलोमै । कुनैबेला मरूभुमिमा हडि खियाउदै अाफुलार्इ स्पात बनाएका एक राेल्पाली युवा विदेशमा जति पनि रगत र पसिना वगाइयो अव भने त्यस्तो स्थिती फर्केर नआओस भन्छन रुन्टीगढी ६ धारापानी राेल्पाका युवा व्यवसायी दलबहादुर घर्ती मगर । आफुलाई डि.बी मगर भन्न रुचाउने घर्ती युवाहरूका नमुना ब्यवसायी बनेका छन ।डिबी बिगत सम्झदै भन्छन –“विदेशिने बेला परिवारले विदा दिन नमान्दा–नमान्दै सुन्दर सपना सजाउँदै विदेश पुगें, यस्ता सपना छन जून सपना पुरा गर्न कतिपय पीडा र खुशीलाई मिनीमाइज गर्नुपर्दोरहेछ, अहिले त्यो पल सम्झन्छु साह्रै नमज्जा लागेर आउँछ ।”
यि सवै गर्नुमा रहर थिएन वाध्यता थियो ।

उज्यालो भविष्यको त्यान्द्रो बोकेर विदेशिएका मगरलाई विदेशको यात्राले केहिवर्ष परिवारसँग टाढा पुर्याएको थियो । यद्यपी अहिलेको होटेल ब्यवसायले चाँही घरका सबै सदस्यलाइ एक ठाउँमा जम्मा वनाएको छ । खाडी मुलुकमा केहि वर्ष विताएर नेपाल फर्किएका डिबीलार्इ विदेशी हण्डरले आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने भाव जगायो र त्यहि पाठले गर्दा होटेल व्यवसायसम्म पुर्यायाे । र नेपाल फर्के नेपाल फर्के लगतै रिन सापट गरेर  होटल सुचारु गरे ।  भ्याइ नभ्यार्इ हाेटलमा दिनरात खटे  छाेटो समयमै रिन तिरे । सफल्ता हात लाउदै गए ।  हातले पकाएका परिकारले सवैको मुख मिठो बनाएको माफ छैन ग्राहकहरुलाई पुनः त्यहि फर्केर जाने बनाए । ग्राहकहरूकाे मन जित्नु उनकाे दायित्व थियाे । उनि ग्राहकहरूकाे मन जित्न तर्फ लागे । उनलार्इ बिश्वास थियाे ग्राहकहरूलार्इ सन्तुष्टी दिए अाफुलार्इ सफल्ता मिल्छ भन्नेमा बिस्वस्त थिए । त्यहि सुत्रमा लागिपरेका उनले हाेटल ब्यवसायबाट बिदेशकाे भन्दा धेरै राम्राे अाम्दानी गरे । 

–“मज्जाले बसेर व्यवसाय गर्ने फुर्सद नै छैन, उनलार्इ तर हाेटलमा बसेर मुलुक र नेताहरूलार्इ गालि गर्ने बेराेजगार ठहरिनेहरूलार्इ हतारै हतार हुन्छ” दल बहादुर भन्छन । अरूलार्इ दाेष दिनु उचित हैन । अाफु कर्मठ र गतिशिल बन्ने हाे ।  घर्ती मात्र होइन उनलार्इ देखेर  यतिवेला केहि न केहि व्यवसाय गरेर जीविकोपार्जन गर्ने र पविारसंगै रमाउने सोचले मेहनतमा लागपिरेका देखिन्छन यहाँका युवाहरु । विगतको होटेल व्यवसायले गर्दा अहिले विस्तारै सक्षम वन्दै जान थालेको अनुभव छ अर्का व्यवसायी हरिबहादुर डाँगीसँगपनि ।.

कठिन स्थितिबाट गुज्रदै यतिमात्र होइन आर्थिक पक्ष समेत बलियो वन्दै गएको यथार्थता पनि छ डाँगीसँग । डागी भन्छन “हामी भन्छौं जीवनमा सजिलैसँग पैसा कमाउन सकियोस अनी सहज ढँगले वाँच्न सकियोस । तर पैसा कमाउन सजिलो भने कहाँ छर ? पैसा कमाउन र सन्तुष्ट भएर वाँच्न त मेहनत, लगानी, धैर्यता अनी लगाव आवश्यक जरूर चाहिन्छ ” ।

होलेरीका घर्ती र डाँगी त उदाहरणका पात्र मात्र हुनुहुन्छ । उनिहरूका जस्तै अन्य युवाहरु पनि अनेक  व्यवसायप्रति आकर्षित हुँदै जान थालेका देखिन्छन ।उनिहरूकेा बुझार्इ छ –“जवसम्म हामि युवाहरूले आफ्नो समाज र राष्ट्रका लागी सोच्दैनौं तवसम्म हाम्रो देशमा गरीवि र अभावले सजिलै उन्मुक्ति दिनेवाला छैन । त्यसका लागी हामीले आफ्नो रगत पसिना आफु जन्मेको माटोमा वगाउनपुर्छ ।”