बिद्युत बनेको एक बर्ष नपुग्दै गाउँ नै अध्यारो

जाजरकोटको नलगाड नगरपालिका–१३ सिउनमा रहेको भेरिखोला लघु जलबिधुत योजना निर्माण भएको एक बर्ष नपुग्दै सेवा बन्द भएको छ ।  आस्था नेपालबाट २२ लाख, तत्कालिन गाविसबाट १ लाख ५० हजार, जिबिसबाट १ लाख र अन्य सस्थाको सहयोग गरि जम्मा ५५ लाखमा निर्माण भएको भेरिखोला लघु जलविद्युत आयोजना १बर्ष नपुग्दै बन्द भएको हो ।

आयोजनामा काठको खम्बा प्रयोग गरिएको र पुस माघमा चलेको अत्यधिक हावाहुरी ढालेकोले सेवा बन्द गरिएको हो । भरपर्दौ विद्युत लाईन तयार नहँुदा विद्युत चौपट भएको छ । भने गाउँलेहरु विद्युत वाल्नबाट वञ्चित भएका छन् ।

उत्पादित बिद्युत सिउनगाउँ, सिउनबगर र रुकुमको मन्कागाउँ तथा मन्काबगरका स्थानीयले प्रयोग गर्दै आएका थिए । विद्युत सेवा सुचारुका लागि पक्की खव्बाको व्यवस्था गरिदिन स्थानीयले माग गरेका छन ।