राष्ट्रपति भण्डारीले अाफ्नाे सुविधाको गाडी २३ लाखमा बेचेको खुलासा

राष्ट्रपति विद्यादेवी भण्डारीले गाडी खरिदको लागि १६ करोड माग गरेको घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएको छ ।
राष्ट्रपति भण्डारीले संसद सुविधाको सवारी साधन बिक्री गरेको खुलासा भएको हो । राष्ट्रपति हुनु भन्दा पहिले नै लिएको सुविधाको गाडी २३ लाखामा अरुलाई नै बिक्री गरेको भेटिएको हो ।

२०५३ अशोज २० गते संसद सुविधा अन्तर्गत बा २ च ९५७५ नम्बरको ल्याडक्रुजर गाडी लाई राष्ट्रपति भण्डारीको नाममा दर्ता भएको थियो । सुविधाको उक्त गाडी झापा विर्तामोडका मेगेन्द्रराज लिङदेनलाई विक्री गरेको गरेको तथ्य खुलेको छ । लिङदेन हल भई हाल काठमाडौं सरस्वतीनगर बस्दै आएका छन् ।