चीन र भारतीय सेनाबीच सिक्किममा हातहालाहाल

एकअर्काेकाे सीमा क्षेत्रमा प्रवेश गरेकाे विवादमा चीन र भारतका सेनाबीच सिक्किमकाे नाथूला क्षेत्रमा तनाव बढ्दै गएकाे छ । यसैबीच दुर्इ देशका सैनिकहरु अामने सामने भएर विवाद गरिरहेकाे भिडियाे बाहिर अाएकाे छ ।

सिक्किमकाे नाथूला वाेर्डर क्षेत्रमा चीनले भारतीय सेना अाफ्नाे सीमामा प्रवेश गरेकाे अाराेप लगाएकाे छ । त्यसैगरी भारतीय सेनाले पनि चिनियाँ सेनाहरु भारतकाे इलाकातिर बढ्दै गरेकाे अाराेप लगाएकाे छ । यही सीमाकै विषयलार्इ लिएर नाथूला सीमा क्षेत्रमा दैनिकजसाे दुर्इ देशका सेनाबीच झडपका दृष्यहरु देखिने गरेका छन् ।

चीनले भारतीय सेनाले चेतावनीका वावजुत पनि लगातार सीमा पार गरेर अाफ्नाे क्षेत्रमा प्रवेश गरिरहेकाे भन्दै नाथूला वाेर्डर बन्द गरिदिएकाे छ । याे नाका हुँदै चीनकाे कैलाश मानसराेवर जाने तिर्थयात्रुहरुलार्इ चीनले राेकेपछि भारतमाथि दवाव पर्दै गएकाे छ ।

हिन्दुहरुका लागि कैलाश मानसराेवर ठूलाे तिर्थ स्थल मानिन्छ । कैलाश हिन्दुहरुका देवता भगवान महादेवकाे वासस्थान मानिन्छ । प्रतिवर्ष भारतबाट मात्र कैलाशमा हजाराै तिर्थयात्रुहरु जाने गर्दछन् ।