आलु, प्याज र पेट्रोल बोकेका नेपाली ट्रकलाई किन रोक्‍यो भारतले ?

भारतबाट अालु,प्याज लगायतका उपभोग्य सामाग्री बोकेका नेपाली ट्रक नाकामा रोकिएका छन् । भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामाग्री बोकेका २६ ट्रक भिठ्ठामोड नाकामा रोकेको छ ।

त्यस्तै भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजल बोकेर आएका १८ वटा ट्याङकर समेत भन्सारमा रोकिएका छन् ।