अन्तरघात गरेको भन्दै कोहलपुरमा कांग्रेस नेतामाथि कालोमोसो

बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा दुर्व्यवहार भएको छ । बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भइरहेको छ ।

कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए । बुधबार दिउँसोमात्र कोहलपुरको मतगणना सकिएको थियो । नेपाली कांग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै पुडासैनीको समूहले घरमै गएर पौडेलमाथि दुर्व्यवहार गरेको थियो ।

दुव्र्यबहार गरेको पीडित पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।