मर्कन्टायलकाे ८४ विघा जमिन नेकपाकाे कब्जामा

नेपाल कम्युनिस्ट पार्टी चितवनले पूर्वी चितवनमा खैरहनी १२ मा रहेको मर्कन्टायलको ८४ बिघा जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला ईन्चार्ज लालबहादुर बि.सीले एक बिज्ञप्ती जारी गरी बिगत ५९ सालदेखि पाटीको कब्जामा रहेको जग्गा अहिले बिभिन्न भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाईएकाले पुन: आफ्नो पार्टीको नियन्त्रणमा लिएको जनाएका छन् ।

सिसैाको बिरुवा रहेकोमा त्यो बिरुवा पनि फडानी गरी पार्टीको अनुमति बेगर पोखरी निर्माण गरी उपभोग समेत भएको र अहिले पुन: जग्गा किनबेच गर्न प्रयास भएको पाईएकाले भूमाफियाको गलत कार्य रोक्न पार्टीले कब्जा गरेको बिज्ञप्तीमा उल्लेख छ । कुनै पनि ब्यक्ति वा संघ संस्थाले उपभोग गर्ने र चलखेल गर्ने प्रयास गरेमा कडा कारबाही हुने बिज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले त्यस स्थानमा खतरा भनेर लेखेर राखेको बस्तु र झण्डा गाडेर छोडेको देखेपछि प्रहरी गएर हटाएको बताएका छन् । अहिले त्यस्तो कुनै पनि बस्तु नरहेको उनको भनाई छ ।