अाशाकाे नयाँ भराेसा अायाे तिजकाे काेशेली“नौडाडा पारीको माइती”

लोक दोहोरि क्षेत्रकी चर्चित गायिका आशा पुन मगरले  तिजको कोसेली स्वरूप “नौडाडा पारीको माइती” नामक एल्बम लिएर बजारमा आएकी छिन । पुनको यो एल्बम भने अहिले सम्मकै बजारमा आएका तिज गीतहरु मध्य निकै भिन्न र उत्कृस्ट शब्द र लयले नेपाली संस्कृतीलाई समेटेको छ भने अरु गीतहरुले भन्दा बढी बजार लिने समेत समिक्षकहरुले टिप्पणी गरेका छन् । पुनका अनुसार पनि यो गीतको लागि बढिनै मिहेनत गरे अनुसार सफलता पाउने आशामा रहेको बताउछिन ।

आशाको “नौडाडापारीको माइती” शब्द संगीत किरण बाबु पुन र गायिकाको एकल स्वरमा तय भएको छ । यस गीतको म्युजिक भिडियोको निर्देशन शंकर बि.सी. र मोडलमा रिना थापा मगर, आमाको भूमिकामा कबिता आलेको भूमिका रहेको छ ।

म्युजिक भिडियो हेर्दा ज्यादैनै मन छुने र मार्मिक रहेको जसले नेपाली हिन्दु नारीहरुको महान चाड तिज पर्वलाई अर्थपूर्ण हुनेगरी प्रस्तुत गरिएको पाइन्छ । पछिल्लो समय ब्यबसाय संचालन गर्दै लोक दोहोरि क्षेत्रमा सफल गायिका पुनले यो गीतलाई आफ्नै YouTube Clannel मार्फत बजारमा ल्याएकी छिन । यो भिडियो हेरेपछि देश बिदेशमा रहने नेपाली नरुने कमै होलान ।

हेर्नुस भिडियाे