ब्युटिसियन युवतीलाई अपहरण गरी सामूहिक बलात्कार

एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको १२ दिनपछि बिहीबार सार्वजनिक गरेको छ ।

बजारबाट साइकलमा घर फर्किदै गरेकी २१ बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका औरहीका चार युवालाई प्रहरीले पत्रकार
सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

औरही गाउँपालिका–२ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई सार्वजनिक गरिको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए ।