११ वर्षीय बालिका करणी गर्न खोजेको आरोपमा ७६ वर्षका बृद्ध पक्राउ

चितवन,चितवनमा विभिन्न घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। तीन जनालाई बोक्सा र बोक्सीको आरोप लगाउँदै गाली बेइज्जती गरेको उजुरीको आधारमा र एक जनालाई बालिका करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

बोक्साबोक्सीको आरोप लगाउने भरतपुर वडा नम्बर ११ बस्ने सीता राई, लालमाया राई र कान्छा राईलाई पक्राउ गरेको हो। त्यस्तै माडीका ७६ वर्षीय वरण महतोलाई बालिका करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबै घटनामा ती जना विरुद्ध किटानी जाहेरी परेकाले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। बोक्सी आरोप लगाउने तीनजनलाई चितवन जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ।

बोक्सा बोक्सी हुन भनी आरोप लगाई समाजमा बेइज्जती गरेको हुँदा उनीहरुलाई कारवाही गरी पाउँ भनी पीडितहरुले दिएको उजुरीको आधारमा अनुसनधानका लागि तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ। उता माडीमा ११ बर्षीया बालिकाकी आमाले महत्तोले करणी गर्न खोजेको भन्ने किटानी जाहेरी दिएकाले उनलाई पक्राउपछि अदालतबाट पाँच दिनको म्याद थप गरी जवरजस्ती करणी उद्योग मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।