इरानले कतारलाई भन्यो- अाबश्यक सहयाेग गर्न तयार छाैँ,अमेरिकासँग खुट्टा नकमाउ,

काठमाडौं ,अमेरिकाको निर्देशनमा खाडी मुलुक कतारमाथि नाकाबन्दी गरेपछि पहिलो सहयोग इरानले गरेको छ । कतारमाथि लगाइएकी नाकाबन्दीले रुस,चीन,इरान,उत्तर कोरियालाई पुनः एक ठाउँमा उभ्याइदिएको छ ।

रुसले कतारका विदेश मन्त्रीलाई बोलाएको भोलिपल्ट नै इरानले पाँचओटा विमानबाट खाद्य सामाग्री सहयोग गरेको छ ।
फलफुल र तरकारी बोकेका विमान कतार पठाउँदै इरानले जस्तो सुकै सहयोग गर्न अाफू तयार रहेको बताएको छ । इरानले थप तीन वटा विमानमा ३ सय ५० टन खाद्यान्न कतार पठाउन तयारी गरिरहेको छ ।

कतारी विमानलाई इरानले आफ्नो हवाई मार्ग खुला गरेको छ । तर नाकाबन्दी गर्ने साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले भने यो सुविधा बन्द गरेका छन् ।अमेरिकाको निर्देशनमा साउदी अरेबीयासहित ६ मुलुकले कतारमाथि नाकाबन्दी गरेका छन् । तर, कतारले भने आरोप तथ्यहीन बताउदै आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कतारमा आउने खाद्यान्न मध्ये ४० प्रतिशत छिमेकी साउदी अरेबियाबाट आउने गथ्र्यो । नाकाबन्दीका बाबजुत आफुसंग १२ महिनासम्मका लागि खाद्यान्नको जोहो रहेको जनाएको छ ।
यता कतार विरुद्ध नाकाबन्दी घोषणा गर्ने मुलुकहरुले आफ्नो मुलुकमा रहेको कतारीहरुलाई स्वदेश फर्कने आदेश जारी गरेपनि कतारले भने कुनै मुलुकका नागरिकलाई कतार छोड्न नभन्ने जनाएको छ ।