भोट लालपुर्जा दिनेलाई

काठमाडौं ,दशकौंदेखिका सुकुम्बासी मतदाताले बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४, १५ र १६ का टाँगिया बस्ती, डुमरवाना, महेन्द्रनगर, डकाहा, कतरवा, भवानीपुर, नयाँबस्ती र वडानम्बर १७ रामनगरका सुकुम्बासी मतदाताले यसपटकको स्थानीय निर्वाचनमा वासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्रै भोट दिने बताएका छन् ।आजको नागरिकमा यो खबर छ ।