आतंककारीसँग सम्बन्ध रहेको भन्ने आरोप आधारहीन : कतार

दोहा, आतंककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ ।


कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका केही देशले विरोध गर्दै आएका छन् । कतारले यस्तो समूहलाई समर्थन दिँदै आएको भन्दै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले विरोध गर्दै केही दिनअघि एक विज्ञप्ति प्रकाशन गरेका थिए ।

तर, सो विज्ञप्तिको कतारले खण्डन गरेको छ । यस्तो आरोपलाई कतारले आधारहिन भनेको छ । शुक्रबार (आज) कतार सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो आरोपलाई आधारहीन र कतारमाथि गरिएको उपेक्षाको संज्ञा दिएको छ ।

कतारले आतंककारीलाई प्रश्रय दिएको भन्दै यसका ती देशले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । जसलाई कतारले आफूमाथि गरिएको अन्यायको संज्ञा दिँदै आएको छ ।