सोनियासँग सल्केका हिमेशले तोडे २३ वर्षे विवाह बन्धन

एजेन्सी,भारतीय गायक हिमेश रेशमिया र उनकी पत्नी कोमलको २३ वर्ष पुरानो दाम्पत्य सम्वन्धमा पुर्णविराम लागेको छ । मुम्बईको बान्द्रा फेमिली कोर्टबाट उनीहरुले औपचारिक रुपमा सम्वन्धविच्छेद गरेका छन् ।

उनीहरुले गत वर्षको डिसेम्बरमा सम्वन्धविच्छेदका लागि निवेदन दिएका थिए । सन् १९९४ मा बिबाहको वन्धनमा बाँधिएको यो जोडी लामो समयदेखि अलग–अलग बस्दै आएको थियो । उनीहरुको सम्वन्ध टुट्नुको प्रमुख कारण हिमशेको टीभी अभिनेत्री सोनिया कपूरसँगको विवाहइतर सम्वन्ध हो ।

मिडियासँगको कुराकानीमा कोमलले भनिन्, ‘म र हिमेश एक एक(अर्कालाई सम्मान गछौंर्ं र हामीले मिलेर नै यो निर्णय लिएका हौं । हामीबीच सँधै सम्मान कायम रहनेछ र हामी दुवै एक(अर्को परिवारका हिस्सा हुनेछौं ।’ कोमलले अगाडि भनिन्, ‘यो सम्वन्धविच्छेदको कारण सोनिया होइनन् । हाम्रो सम्वन्ध राम्रो चलिरहेको थिएन त्यसैले छुट्टनिे निर्णय लियौं ।

सोनिया हाम्रो परिवारको सदस्यसरह छिन् । मेरी छोरी र परिवारका अन्य सदस्यले पनि उनलाई निकै मन पराउँछन् ।’
अर्कोतर्फ हिमेश भन्छन्, ‘यो निर्णयले हामीबीच कुनै समस्या उत्पन्न भएको छैन र हाम्रो परिवारले पनि यो निर्णयको सम्मान गरेको छ । कोमल सँधै मेरो परिवारको तथा म सँधै उनको परिवारको हिस्साका रुपमा रहनेछौं ।’