मात्र रिसाउनकै लागि साहरुख खानले लिए २ करोड

एजेन्सी,बलिउडका सुपरस्टार नायक साहरुख खानको एक भिडियो सामाजिक संजाल र मिडियामा भाइरल भैरहेको छ । साहरुख खान इजिप्टका एक चर्चित कमेडियन रमीज गलालसँग खुबै रिसाएका छन् । साहरुखमाथि रमीजले गरेको एउटा प्रयाङकमा साहरुख खुबै रिसाएका छन् ।

साहरुख यस अगाडि यसरि रिसाएको पहिले देखिएको थिएन भन्ने खालका टिप्पणी पनि भएको छ । तर, यो प्रयाङ्कको बारेमा साहरुखलाई पहिले नै थाहा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो पहिले नै योजना बनाएर गरिएको र साहरुखले रिसाएको नाटक मात्र गरेको भारतीय मिडियाले बताएका छन् । एक रिपोर्टका अनुसार साहरुखले यो शोमा जानका लागि २ करोड पारिश्रमिक लिएका थिए । साहरुखकी म्यानेजर पूजा ददलानीले भनेकी छिन्, ‘प्रयाङकको बारेमा साहरुखलाई पहिले नै जानकारी थियो । उनले रिसाएको अभिनय मात्र गरेका हुन् । तर, २ करोड लिएको बिषयमा मलाई थाहा छैन ।’