करका हाकिमलाई अख्तियारले समातेपछि एनसेलले तिर्यो १३ अर्ब कर

काठमाडाैँ,आन्तरिक राजश्व बिभागका महानिर्देशक चुडामणी शर्मालाई अख्तियारले पक्राउ गरेको तेस्रो दिन दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब कर सरकारलाई तिरेको छ ।

एनसेल लगायतका कम्पनीहरुलाई कर छुट दिएको अभियोगमा महानिर्देशक शर्मा पक्राउ परेका थिए । एनसेलले पूँजीगत लाभकर अन्तर्गत १३ अर्ब ६० करोड रुपैयाँ ठुला करदाता कार्यालयलाई तिरेको हो ।

एनसेलको ८० प्रतिशत स्वामित्व टेलिया सोनेराले एक्जियटालाई बेचेकोमा सो वापतको ३५ अर्ब रुपैयाँ बराबरको पूँजीगत लाभकर एनसेलले सरकारलाई तिर्न आनाकानी गर्दै आएको थियो । कर बिभागका मुुख्य ब्यक्ति पक्राउ परेपछि एासेल पनि डराएको हुनसक्ने आाकलन गरिएको छ ।

संसदको सार्वजनिक लेखा समितिले पूँजीगत लाभकर नतिरेसम्म एनसेललाई थप सेवा बिस्तारमा रोक लगाएको थियो तर संसदकै बिकास समितिले एनसेललाई फोर जी सेवा संचालन गर्न अनुमति दिनु भनी दुरसंचार प्राधिकरणलाई पत्र लेखेपछि बिबाद बढेको थियो ।