चीनको सीमा नजिकै भारतीय लडाकु विमान वेपत्ता

एजेन्सी,चीनको सीमामा भारतीय विमान सम्पर्क विहिन भएको छ । समाचार संस्था द स्टेट मेनका अनुसार चीनको सीमा नजिकै दुई पाईलट सवार भारतीय लडाकु विमान (सुकोई ३०) गायव भएको हो ।

भारतको अरुणञ्चल प्रदेशको तेज एयरबसबाट उडान भरेको सो विमान ट्रेनिंङ मिसनका लागी गएको बताईएको छ । तेजपुरका रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नल संबित घोषले विमानको खोजी कार्य सुरु गरेको बताएका छन् । उक्त अखबारले लेखे अनुसार विमान बिहान ११ बजेर १० मिनेटबाट सम्पर्क विहिन भएको हो ।