चेलीबेटी बेचबिखन विरुद्धको सामुदायिक सञ्जाल स्थापना

महिलामाथि हुने हिंसा विरुद्धमा काम गर्ने उद्देश्यले घरेलु तथा महिला हिंसा र चेलीबेटी बेचबिखन विरुद्धको सामुदायिक सञ्जाल स्थापना भएको छ । सञ्जालले हाललाई १४ सदस्यीय तर्दथ समिति गठन गरेको हो । जसमामा सचिव प्रचारप्रसार सदस्यमा सन्तोषी अधिकारी, सरकारी कार्यालय , कानुनी सल्लाहाकार अधिवक्ता गणेश श्रेष्ठ, विशेष सल्लाहहकारमा दीपक खरेल रहेका छन् । घरेलु हिंसा रोकथामका लागि एउटै संस्था, संगठन तथा एउटै व्यक्ति प्रयासमा सम्भव नभएकाले विस्तारित रुपमा यस्ता संस्थाहरुको जन्म हुन गएको संयोजक जीवन रायमाझी बताउँछन् ।

उनका अनुसार महिलामाथि हुने घरेलु हिंसा चेलीबेटी बेचविखन विरुद्ध सञ्जाल सदैब अगाडी बढ्छ, कुनै दवावको भरमा अपराधीलाइृ छाड्ने प्रचलनको समेत अन्त्य गर्न ,सञ्जाल प्रयासरत रहने छ । आफुहरु महिलामाथि हुने कुनैपनि हिंसाविरुद्ध लडिरहने प्रतिबद्धता घरेलु तथा महिला हिंसा र चेलीबेटी बेचबिखन विरुद्धको सामुदायिक सञ्जाल को रहेको छ ।

गठन गरिएको तदर्थ समितिमा संयोजक जीवन रायमाझी, सचिव मिना श्रेष्ठ ,सदस्यहरु क्रमशः प्रचारप्रसार संयोजक सन्तोषी अधिकारी , जिवी बस्नेत, लिडिया लामा , निरू केसी कानूनी अधिबक्ता गणेश श्रेष्ठ , प्रमीला प्रसाई ,अस्मिता रायमाझी, सानू थापा, सदस्य निता लामा, विष्णु रेग्मी , सुमीत्रा डंगोल तथा संरक्षक तथा बिशेष सल्लाहकारमा दीपक खरेल रहेका छन् ।