अब समाजको नायक बनेर देखाउने अभिनेता घिमिरेकाे दावी

चलचित्र ‘चपली हाइट’ बाट अत्यन्त ख्याती कमाएका अभिनेता राज घिमिरे स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा वडा अध्यक्ष उमेद्वार बनेका छन् । स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा गोदावरी नपा.३ नम्बरको वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । समाजसेवा र राजनितिलाई आफ्नो जिवनको पाटो ठान्ने घिमिरे यतिबेला निस्वार्थ रुपमा समाजसेवा र राजनीतिमा डुबेका छन् । घिमिरे वाइसीयल ललितपुर जिल्लाका सह–संयोजक, गोदावरी नगरका ईञ्चार्जका रुपमा सक्रियताका साथ काम गर्दै आएका छन् ।

स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भएकोले यहि विषयलाई मुल मन्त्र ठानी काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् । “यस वडामा हुँदै आएको भ्रष्टाचारलाई निर्मुल गनु मेरो पहिलो प्राथमिकता हो ।” घिमिरेले भने ( “मैले शुरुदेखि नै गोदावरी क्षेत्रलाई सपनाको शहर बनाउन निकै संर्घष गर्दै आईरहेकोछु , १२ वर्षे मेलामा होस् या भूकम्पको बेलामा राहत संकलन र वितरणमा होस् गोदावरीका लागि निकै कसरत गरँे र अझै पनि म गरिरहनेछु ।”

उनले वडामा खाने पानीलाई सहजै उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै मर्मतदेखि लिएर नयाँ पाइप पिछ्याउने, स्रोत संकलन जुटाउने काममा लाग्ने वताए । उनले वडाध्यक्षमा आफू विजयी भएपछि ‘मासिक तलब र सुविधाको रकम आफुले व्यक्तिगत रुपमा प्रयोग नगरि विपन्न, दलीत तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहमा उपलब्ध हुने रोजगारीमा दक्ष तथा अनुभवी व्यक्तिहरुलाई रोजगारी दिलाउने, फुल्चोकीमा केवलकार सहितको विकास योजना ल्याउने, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्ने र महिला, दलीत, आदिवासी जनजाति, सिमान्तकृत वर्गहरुलाई माथि उठाउनका निम्ति पहल गर्ने, गोदावरीलाई पर्यटकीय नगरीको रुपमा देशकै नमुना बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । घिमिरे आफुले नेतृत्व गर्न पाए ५ वर्षमा गोदावरीलाई सपनाको सुन्दर शहर बनाउने ठोकुवा गर्छन् ।

उनि भन्छन् (“यहाँ यदि दक्ष जनशक्ति परिचालन गर्न सकेमा गोदावरी नेपालकै सुविधा सम्पन्न र सुन्दर नगरपालिका बन्नेछ ।, अन्य नेताहरुले राजनितिमा ध्यान दिए पनि विकासमा ध्यान नदिने गरेकाले युवा पिढीलाई अवसर दिए गरेर देखाउछु र समाजमा नायकको भूमिका निर्वाह गर्छु ।” गोदावरी प्राकृतिक स्रोत साधनले अत्यन्त धनि मानिन्छ तर पनि विकासको निम्ति सच्चा नेतृत्वको अभाव गोदावरीले गरिरहेको अवस्थामा घिमिरे उम्मेदवारमा उठ्नु गोदावरीको लागि सुखद् कुरा भएको स्थानियको पनि भनाई रहेको छ ।