जस्ताेसुकै आरोपको सामना गर्न तयार छु : कार्की
प्रकासित मिति : २०७४ बैशाख १९, मंगलवार ००:३३
प्रकासित समय : ००:३३
काठमाडौं,महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् । महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् ।
‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी थिएँ ।’ कार्कीले भनिन् ‘यसबारे संकेत दिन म सँग केही नेताले पटक-पटक भेट्न खोज्नुभएको रहेछ । तर भेट्नु उचित ठानिनँ ।’
कार्कीले आफूसँग माओवादी केन्द्रका नेता बर्षमान पुनले पटक-पटक भेट्न खोजेको तर आफूले त्यसको औचित्य नदेखेको बताईन् ।आजको कान्तिपुरमा खबर छ ।