डाक्टरले कुनै उपहार लिए दर्ता खारेज

काठमाण्डाै, डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको छ।डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको आचार संहिता २०७३ स्वास्थ्यमन्त्री गगन थापाले आइतबार प्रमाणीकरण गरेपछि लागू भएको हो।

स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार संहिता विपरीत काम गर्नेलाई अब कानुनी रुपमै कारबाही गर्न सकिन्छ। नयाँ प्रावधान अनुसार आचारसंहिता उल्लंघन गर्ने डाक्टरको दर्ता खारेजसमेत हुन सक्छ।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।