बैज्ञानिक सिमांकन एउटै गाउँ दुई प्रदेश !

काठमाडौं, रुकुम स्यालापाखा–२ भुरुंगाका गणेश रावल अन्य गाउँलेसँगै दसपटक जति तत्कालिन जिल्ला विकास समिति धाए । जिल्लामा क्रियाशील राजनीतिक दलको सहमतिमा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको निर्णय सच्याउन आग्रह गर्दै भुरुंगाबासीका तर्फबाट ज्ञापन बुझाए ।

 तर, स्यालापाखाको ३ र ४ बाहेक अन्य वडालाई सिस्ने गाउँपालिकामा समावेश गर्ने निर्णय सच्याउन नसकेपछि अन्ततः एउटै गाउँ प्रदेश नम्बर ५ र ६ मा विभाजित हुन पुगेको छ ।

रावल प्रदेश ५ को सिस्ने गाउँपालिकाको ८ नम्बर वडाबासी भए । पायक पर्ने र सुगम हुने भन्दै उनीहरुले स्थानीय तहको संख्या तथा सिमाना निर्धारण गर्दा भुरुंगासहितको भागलाई प्रदेश ६ को मुसिकोट नगरपालिकामा गाभ्न माग राखेका थिए ।आजको कान्तिपुरमा खबर छ।