‘बाहुबली टु’ को यस्ताे धमाका !

एजेन्सी, संसारभरी ९ हजार स्क्रिनमा रिलिज भएको ‘बाहुबलीः द कन्क्लुजन’ भारतीय इतिहासको सबैभन्दा ठूलो फिल्म बन्नका लागि पूरा तयारी गरिरहेको देखिन्छ । ट्रेड एनालिष्टका अनुसार पहिलो दिनको कमाइले नै यो फिल्म सन् २०१७ को सबैभन्दा ठूलो फिल्म हुनेछ । अहिलेसम्म यो रेकर्ड शाहरुख खानको ‘रईस’ को नाममा छ । रइसले पहिलो दिन २०.४२ करोड भारुको कमाई गरेको थियो ।
‘बाहुबली टु’ ले पहिलो दिन नै सय करोड क्लबमा समावेश हुने कयास लगाइएको छ । सबै भाषामा फिल्मको कुल कमाईको आँकडा हेर्दा पहिलो दिन नै यो रेकर्ड आफ्नो नाममा सुरक्षित गरेको देखिन्छ ।

तीन दिनमा २ सय करोड पारको थियो अनुमानः फिल्म डिस्ट्रिब्यूटर्स अक्षय राठीले इन्डियनएक्सप्रेस डट कमलाई भने, ‘फिल्म रिलिज भएको तीन दिन भित्र नै २ सय करोडको क्लबमा समावेश भए आश्चर्यको कुरा हुँदैन ।

फिल्मले पहिलो दिन नै ७० करोड भारुको संकलन गर्न सक्छ । विकेन्डको कुरा गर्दा फिल्म भारतमा २ सय ३० करोड भारुको व्यापार गर्न सक्छ ।’फिल्म भारतलगायत संसारका विभिन्न देशमा गरी ९ हजार स्क्रिनमा रिलिज भएको छ । यस्तै, उत्तर कोरियाको ११ सय स्क्रिनमासमेत फिल्म रिलिज भएको भारतीय संचार माध्यमले दाबी गरेको छ ।