बन्ने भयो राउटेहरूको नमुना बस्ती

काठमाडौं, लामाे समय संचारक्षेत्र र कलाकारिता क्षेत्रमा याेगदान पुर्याइरहेका एक अर्काे नमुना कलाकार दम्पत्ति शंकर सिंह विष्ट र चाँदनी मल्लले अछामको जेरेकोटमा राउटेहरुका लागि नमूना बस्ती निर्माण गर्ने भएका छन् । विष्टले मंगलवार आफ्नो जन्मदिनको अवसरमा नमूना बस्ती निर्माणको घोषणा गरेका हुन् ।

 

सुदूरपश्चिमको कला संस्कृतीः छलीया र हुड्क्यौली नृत्य देखाउन आगामी जुनको १६ देखि १९ सम्म कोपनहेगनमा हुने नेपाल एक्स्पो २०१७ बाट अभियानको शुरूवात गर्ने विष्टले बताएका छन् । उनीहरुले जंगलमा बस्ने लोपोन्मुख राउटे समुदायका लागि चालिस वटा घर निर्माण गर्ने योजना बनाएका छन् ।

घर निर्माणपछि राउटेहरुका लागि काठका सामाग्री बनाउनका लागि सरकारी अनुमति दिलाउने कामसमेत गर्नेछन् । त्यस्तै, राउटे बालबालिकाहरुका लागि विद्यालयसमेत निर्माण गरिनेछ । राउटेहरुले निर्माण गरेका सामग्री डेनमार्कको कोपनहेगनमा रहेको ‘नेपाल हाउस’ मार्फत विक्रि गर्ने प्रवन्ध मिलाएको विष्टले जानकारी दिएका छन् । विष्ट ‘नेपाल हाउस’ का ब्राण्ड एम्बेस्डरसमेत हुन् । उनीहरुले राउटे सिटी निर्माण अभियानमा सहयोग गर्न सवैसँग अनुरोधसमेत गरेका छन् ।