फ्रान्सको राजधानी पेरिसमा गोलबारी

एजेन्सी, फ्रान्सको राजधानी पेरिसमा भएको गोलबारीमा १ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।  राजधानी पेरिसको चाम्स इलेसिस भएको गोलाबारीमा १ प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । त्यस्तै प्रहरीको जवाफी कारबाहीमा १ जना आक्रमणकारी समेत मृत्यु भएको छ ।

राष्ट्रपति निर्वाचनको ३ दिन अगाडि गरिएको आक्रमणमा प्रति राष्ट्रपति फ्रान्कोइस ओल्याण्डले चित्ता ब्यक्त गरेका छन् । आक्रमणकारीले स्वचालित हतियार प्रयोग गरेको प्रहरी बताएको छ । आक्रमणको आतंबादी संगठन आइएसले जिम्मा लिएको छ । आक्रमणमा गरिएको सो क्षेत्र पर्यटको लागी प्रसिद्ध मानिन्छ ।