लागु औषध दुब्र्यसन विरुद्ध मिनी म्याराथुन

माेरङ,सामाजिक सञ्जाल फेसबुकमा आवद्ध मोरङको सुन्दरहरैचा नगरपालिकाको विराटचोक क्षेत्रमा बसोवास गर्दै आएका युवाहरुले नयाँ बर्षको उपलक्ष्यमा लागु औषध दुब्र्यसन विरुद्धको अभियान चलाउने भएकाे छ । मिनि म्याराथन दौड प्रतियोगिता तयारी पुरा भएको  जानकारी दिएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत लागु औषध विरुद्धको अभियानमा सक्रिय रहेका १ लाख बढि युवाहरु को समूह मेन्स रुम रिलोडेड  र २८ हजार बढि किशोरीहरु को समूह वुमन्स रुम रिलोडेडको सहकार्यमा लागु औषध विरुद्ध युवाहरु जागृत भएर असल समाज निर्माणमा जुटौ भन्ने अभियानलाई सार्थकतामा रुपान्तरणका लागि सो कर्याक्रम यहि बैशाख २ गते हुन लागेको हो । मोर«को कोशीहरैचाको विराटचोकदेखि बेलवारीसम्मको ८ किलोमिटर दौडको दुरी आयोजना गरिएको छ ।

प्रतियोगितामा पुरुषहरुले ८ किलोमिटर र किशोरीहरुले ४ किलोमिटर दौड पुरा गर्ने योजना रहेको कार्यक्रम संयोजक एमएमआरका खेमराज दाहालले विराटचोकमा आयोजित पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा किशोर, किशोरीहरु गरी ५ सय बढिको सहभागिता हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा प्रथम हुनेले १० हजार दोस्रो हुनेले ५ हजार तेस्रो हुनेले ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १ हजार नगद पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिईएको छ ।

मिनि म्याराथनमा सहभागि हुने सवैलाई किशोर किशोरीहरुलाई से नो टु ड्रग्स फष्ट ओपन मिनि म्याराथन २०७४ भन्ने नारा लेखिएको टी सर्ट निःशुल्क प्रदान गर्ने कार्यक्रम रहेको पनि जानकारी दिईएको छ । सो अवसरमा अभियानकी किशोरी अभियानकर्मी मनिला सुवेदीले हामी युवाहरुले लागु औषध दुब्र्यसन होईन असल समाज निर्माणमा जुटौ भनेर यो अभियान चलाई रहेको बताइन ।