उपत्यकामा बौलाहा कुकुर अातंक

काठमाडौं ,काठमाडौं महानगरपालिकाभित्र बौलाहा कुकुरको अतंक बढ्दै गएको खबर आजको नागरिकमा छ । सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले दैनिक सयभन्दा बढी सर्वसाधारणलाई टोक्ने गरेको पाइएको छ । आजको नागरिकमा खबर छ ।

शुक्रराज सरुवा तथा ट्रपिकल अस्पतालमा कुकुरले टोकेको सयभन्दा बढी बिरामी दैनिक आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चार महिनामा कुकुरको टोकाइबाट पीडित आठ हजार दुई सय २८ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले उपत्यकामा रहेका भुस्याहा कुकुर व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आइरहेको छ । तर, प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।